मनसुनमा छालाको स्याहार गर्न अपनाउनुस् यस्ता उपाय...
अहिले मनसुनको सिजन चलिरहेको छ । तपाईं हामी सबैलाई थाहा भएको कुरा हो मनसुनमा वातावरणमा हुने मोइस्चरले तपाईंको छालालाई प्रभावित पार्ने गर्छ । यस अवस्ःथामा तपाईं आफ्नो छालालाई सकेसम्म स्याहार गर्न खोज्नु हुन्छ जुन राम्रो कुरा पनि हो । तर, धेरै उपाय र अनावश्यक क्रिमहरुको प्रयोगले पनि तपाईंको छालालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले सामान्य परिवर्तन र आयुर्वेदिक तत्वहरुको प्रयोगले तपाईं विना कुनै साइडइफेक्ट आफ्नो छालाको स्याहार गर्न सक्नु हुने छ ।
बायोटिकका सौन्दर्य विशेषज्ञ र सोल फ्लावरका प्रबन्ध निर्देशक अमित शारदाले मनसूनमा छालाको देखभाल सँग सम्बन्धीत केही सुझाव दिएका छन् । जुन सुझावले तपाईँको छाला सँधै चम्किलो र ताजा देखिन्छ ।
१. आयुर्वेदिक र हर्बल साबुन छालाको पीएच मात्रालाई प्रभावित नगरि सजिलै शरीरमा भएको अशुद्धिहरुलाई निकाल्ने काम गर्छ । यो मौसममा ब्याक्टेरिया र फोहोरबाट छालालाई जोगाउन आवश्यक हुन्छ । यो साबुनले छालामा मोइस्चर बनाइ राख्छ ।
२. आयुर्वेदिक साबुन जस्तै, बायो एलमन्ड ओइलले शरीरलाई पोषण प्रदान गर्छ, किनकी यो तेल प्राकृतिक पोषक तत्वले भरिपूर्ण हुन्छ । बादाम, मारगोसा, नरिवल तेल, बेसार आदिबाट बनेको हुन्छ र त्यसले छाला मुलायम हुन्छ ।
३. गुलाबको फूलको पत्ताले बनेको साबुनले छालामा प्राकृतिक मोइस्चर बनाइ राख्छ र अनुहारमा निखार ल्याउँछ । गुलाब फूलको तेल र गुलाब फूलको पातले छालामा भएको दागलाई हटाउनमा मद्दत गर्छ ।
४. मानसुनमा लेवेन्डरको साबुनको प्रयोग गर्नु पनि फाइदाजनक हुन्छ । लेवेन्डरमा भएको जीवाणुरोधी गुणले छालामा हुने जलन र छाला चिलाउने समस्याबाट राहत दिलाउँछ । यसको सुगन्धले ताजगी र आरामको अनुभव पनि हुन्छ ।
५. मेवा र काक्रोयुक्त साबुन सबै प्रकारको छालाको लागि लाभदायक हुन्छ । यसले छालामा भएको मृत कोषहरुलाई हटाएर रोम छिद्रलाई खोलिदिने गर्छ र डन्डीफोर हुनबाट जोगाउँछ । साथै अनुहारमा भएको दागलाई पनि कम गर्छ । यसको प्रयोगले छाला कोमल हुन्छ ।
(एजेन्सीको सहयोगमा)