के हो थाइराइड ?

सन्दर्भ : विश्व थाइराइड दिवस



Download our app to get more features

थाइराइड भन्ने बित्तिकै धेरै मुख बार्ने ठुलो रोग हो भन्ने आम धारणा छ । त्यसकारण थाइराइडका रोगीहरुमा बन्दा, काउली जस्ता विभिन्न खानेकुरा बार्ने गलत धारणा विद्यमान छ । 
थाइराइड आफैंमा रोग नभई एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी.३ र ट्रइआयोडो टी ४ हाम्रोन उत्पादन गर्छ । त्यहि उत्पादित हार्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्ने काम गर्छ । यसको दुई अवस्थालाई हाइपर र हाइपो थाइरोडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले शरीरमा अत्यधिक हार्मोन उत्पादन गर्ने प्रक्रियालाई हाइपर थाइरोडिज्म भनिन्छ भने शरीरमा चाहिने भन्दा कम हार्मोन उत्पादन गर्ने अवस्थालाई हाइपो थाइरोडिज्म हो ।

थाइराइडको मुख्य काम शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने काम गर्छ । जब थाइराइड ग्रन्थिको प्रणलीमा अबरोध उत्पन्न हुन्छ त्यस बेला शरीरमा विभिन्न समस्या देखिन थाल्छ । यसरी शरीरमा हर्मोन घटबढ हुँदा देखिने असर नै थाइराइड हो । थाइराइड ग्रन्थीको समस्या पुरुषमा भन्दा महिलामा तुलनात्मक रुपमा बढी देखिन्छ । तथ्याङ्क अनुसार एक हजार जना महिला मध्य ४ जना महिलामा यो समस्या देखिने हुन्छ । 

थाइराइड ग्रन्थीले शरीरको हरेक क्रियाकलापको नियन्त्रण गर्ने हुँदा यसललाई शरिरीको एक्सिलेटरसमेत भनिन्छ । यो शरीरको आफ्नै कारणले हुने रोग हो । यस बाहेक पनि यो रोग लाग्नु अरु केही कारणहरु पनि हुन्छन् । थाइराड सर्जरी गरेको अवस्था, रेडियसन थेरापी गरीएको अवस्था र वंशाणुगत कारणले पनि थाइराइडको समस्या देखा पर्छ । 

थाइराइडका लक्षण

–खाना कम रुच्ने, शरीर मोटाउँदै जाने ।

–बच्चाको शरीर मोटाउँदै गएपनि उचाइ र दिमाग भने उमेर अनुसार विकास नहुनु ।

–गर्भ तुहिने, गर्भ नबस्ने जस्ता लक्षण देखापर्नु ।

–कपाल झर्ने, शरीर आलस्य हुने ।

–महिनावारी अनियमित हुने ।    

–छाला तथा अनुहार फुस्रो देखिने ।

थाइराइड बाट बच्ने तरिका

–चिनीलगायत गुलियो पदार्थको सेवन कम गर्ने ।

–धुम्रपान मद्यपान नगर्ने ।

–सन्तुलित भोजन सेवन गर्ने ।

–आयोडिनयुक्त नुनको सेवन गर्ने ।

–थाइराइड हार्मोनको रक्त परीक्षण गराउने । 

समयमै रोगको पहिचान भइ उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासी बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामी मृत्युको सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपर थाइराइडिज्मले मुटु र मस्तिष्कमासमेत असर गर्छ । 


अल्का अस्पतालस्थित काठमाण्डौं डाइबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत डा. योन्जनसँग  गरेको कुराकानीमा आधारित ।

 

Last modified on 2017-05-25 16:07:57

6 Comments

  1. मलाई thyrod भयको ४|५ बर्ष भयो |हालसाल म्ईले tsh गरेको 11.7 देखियो | अहिले मैले 25 mg को छु | कहिले काहि चिसो लाग्यो भने मेरो ह thyrod कै सिकायत हो बा अर्कै सिकायत ले हो | यसको प्रतिउत्तर पाउ |

  2. im also suffring from thirod.My problem is my thirod is not in control even im using medicine. im not getting pregent also.

  3. Good health tip

  4. Neck ko bichha vag tonsil jasari dhukhnu,ear ko jali samm dhukhnu and mukha ra ghatti sukhkha hunu ni kunai aasar plz dr saab..

  5. Molai thyrod cha ma dabi ni use gari rachu ma pregent chu yasla ma r maro bacha parti kai asar ta grdina

  6. thyriedko dabaI use gare paxi bachha baschha ki basdai na dr saab


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts