चामलको माड पिउनुका यस्ता छन् फाइदा...



Download our app to get more features

हाम्रो भान्छामा प्रयोग हुने हरेक वस्तुको उचित प्रयोग वा सदुपयोग गर्न सकेमा स्वास्थ्यमा देखिने सामान्य समस्याको घरमै बसेर उपचार गर्न सकिन्छ । भान्छामा प्रयोग हुने अधिकांस वस्तुको सहि सदुपयोग गर्दा हामी निरोगी र स्वस्थ पनि रहन्छौं ।

खाना पकाउँदा प्रयोग हुने विभिन्न वस्तुको आ–आफ्नै विशेषता भएकाले तिनीहरुबाट उचित फाइदा लिन सकिन्छ । भान्छामा प्रयोग हुने वस्तुहरुमध्ये माड पनि एक महत्वपूर्ण वस्तु हो जसले स्वास्थ्यका लागि विभिन्न नियमित सेवन गर्दा धेरै प्रकारका बिरामीलाई राहत मिल्छ ।

–जलवियोजन रोक्ने सब भन्दा प्राकृतिक तरीका चामलको माडको सेवन गर्नु हो । यसले गर्मीको समयमा धेरै नै फाइदा हु न्छ ।

— यदि कुनै व्यक्तिमा कब्जियतको समस्या छ भने उसले चामलका माडको सेवन नियमित रुपमा गर्नुपर्छ । यसले कब्जियतको समस्या हटाउनुको साथै आरामसमेत दिन्छ ।

— चामलको माड झाडापखालाको उपचारका लागि सबैभन्दा उत्तम मानिन्छ । माडको नियमित सेवनले डिहाईड्रेशन वा पखालाको समस्या हटाउँछ ।

— चामलको माडमा भरपुर मात्रामा उर्जा हुन्छ । यसले व्यक्तिको शरीर चुस्त बनाइराख्छ ।

— चामलको माडमा एन्टि अक्सिडेण्ट वा भिटामिन ए हुन्छ, जसले क्यान्सर जस्तो घातक रोगसँग लड्न सहयोग गर्छ ।

— नियमित रुपमा चामलको माड सेवन गर्नाले बुढेसकालमा बिर्सने रोग अल्जाइमर हुने संभावना कम हुन्छ ।

— चामलको माड पिउनाले शरीरमा हुने भाइरल इन्फेक्सन कम हुुनुको साथै शरीरको लागि आवश्यक पर्ने पोषक तत्व पनि पाउन सकिन्छ ।

— गर्मीको समयमा दिनमा एक गिलास चामलको माड पिएर निस्कनुहोस् । यसले सूर्यको तापको प्रभाव शरीरमा कम पर्न जान्छ ।

 

भारतीय आयुर्वेद संस्थान 

Last modified on 2018-07-03 12:40:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts