क्यान्सर बिरामीले आफ्नो रोगको बारेमा खुलेर कुरा गर्न क्लब संचालनमा

What's This?


Download our app to get more features

भक्तपुर, ९ असार । भक्तपुरले क्यान्सर अस्पतालले क्यान्सर रोगीहरुका लागि सर्भाइभर क्लब संचालन गरेको छ ।

शनिवार अस्पतालमा आयोजित एक कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्लबको उद्घाटन गरेका छन् । क्यान्सर अस्पतालको सर्भाइभर क्लब उद्घाटनको लागि पुगेका वरिष्ठ कलाकार मदनकृष्णले भावुक हुँदै परिवारमा क्यान्सर लाग्दाको पीडा व्यक्त गरे ।

केही समय पहिले क्यान्सर रोगकै कारण उनकोे श्रीमतीको पनि निधन भएको थियो । उपचार पछि पनि क्यान्सर रोगीमा मानसिक र शारिरीक चुनौतीहरु धेरै हुने भएको हुदाँ यस्तो अवस्थामा बिरामीलाई उपचारको क्रममा वा उपचारगरीसके पछि क्यान्सर रोगीहरु निरन्तर आफ्नो काममा फर्कन सक्ने उदेश्यका साथ क्लब संचालन गरिएको क्लबका संयोजक डाक्टर रोशन प्रजापतिले बताए ।

उनले बिरामीको आत्मबल बढाउन र बिरामीको सकारात्मक सोचको लागि सर्भाइभर क्लब संचालन गरेको र क्लबमा क्यान्सर बिरामीलाई मनोरञ्जनको प्रदान गर्ने खेलको पनि व्यवस्था गरिएको जानकारी पनि दिए ।

क्लबमा कुनै पनि क्यान्सर बिरामीले आफ्नो रोगको बारेमा अर्काे क्यान्सर रोगीसंग खुलेर कुरा गर्न सकोस् र एक क्यान्सर रोगीले अर्काे रोगीलाई उपचारको बारेमा सहजता प्रदान गरोस भन्ने लक्ष्यका साथ क्लब संचालन गरिएको हो ।

Last modified on 2018-06-24 09:00:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts