थाइराइड क्यान्सर के हो ?



Download our app to get more features

डा. प्रभातचन्द्र ठाकुर
नाक, कान, घाँटी, हेड एण्ड निक सर्जन
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर


थाइराइड भनेको एउटा ग्रन्थी हो । जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन आवश्यक हुन्छ । थाइराइडले हार्मोन उत्पादन गर्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्क बनाउन थाइराइडको भूमिका महत्वपूर्ण हुन्छ । यो गन्थ्रीको काम थाइराइड हर्मोन उत्पादन गर्ने हो । यही ग्रन्थीमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ ।

थाइराइड क्यान्सर हुने उमेर
थाइराइड कुनै उमेर विशेषलाई हुुने रोग होइन । सा–साना केटाकेटीदेखि बुढाबुढीमा पनि थाइराइड क्यान्सर हुनसक्छ । पछिल्लो समय थाइराइड क्यान्सरका घटना देखिने क्रम बढिरहेको छ । हुन त यो समस्या पहिचान र उपचारमा नयाँ नयाँ  प्रविधि  विकास भएका कारणले पनि यस्तो भएको हुनसक्छ । विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा क्यान्सर बढी पाइन्छ । महिलामा वशांणुगत इतिहास, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर विकिरण उपचार गरेकाहरू हाइपोथाइराइडिज्मको जोखिम समूहमा पर्छन । 

थाइराइड क्यान्सर हुने कारण 
विलासी जीवनशैली अपनाउने, अस्वस्थ खानपान, विषातm तत्वको प्रयोग गरिएका फलफुल तथा तरकारीको सेवन, वातावरणीय प्रदुषण हुनु, वशांणुगत गुणका कारण थाइराइड क्यान्सर हुन्छ । कहिले कही कोषिकामा गढबढी भएमा पनि  थाइराइड क्यान्सर हुन्छ ।

लक्षणहरू
थाइराइड क्यान्सरको मुख्य लक्षण भनेको घाँटीको तल्लो भागमा गिर्खा गाठाँगुठी आउने हो । यस्ता गिर्खा दुख्ने पोल्ने केहि पनि हुँदैन । आवाजमा परिवर्तन हुन्छ अरु बेलामा भन्दा फरक गरी धोत्रो स्वर आउँछ । घाँटीको अरु भाग पनि सुनिएको देखिन्छ । सास फेर्न असजिलो, खाना निल्न गाह्रो पनि हुन्छ । थाइराइड हँुदा तौल बढ्ने, कब्जियत हुने, छाला खस्रो हुने, शरीर सुनिने, निःसन्तान हुने, महिनावारीमा गडबढी हुने हुन्छ । 

  • घरमा कसैलाई थाइराइड छ भने पनि थाइराइड हुनसक्छ ।
  • थाइराइड भएको संका लागेमा भिडियो एक्सरे गर्ने । 
  • थाइराइडको पानी जाँच पनि गर्न सकिन्छ ।

उपचार 
थाइराइड क्यान्सर धेरैका प्रकारका छन् । तर धेरैजसोलाई फोलिक्यूलरी र पपीलरी  थाइराइड क्यान्सर हुन्छ । यी क्यान्सरका उपचारका विधि एउटै हुन्छ ।

  • थाइराइड ग्रन्थीको शल्यक्रिया । 
  • शल्यक्रियापछि पुरै निको हुने सम्भावना ९० प्रतिशत मात्रै हुन्छ ।
  • क्यान्सर भएको निश्चित भएपछि शल्यचिकित्सकले थाइराइड ग्रन्थी निकालेर उपचार गर्छन् ।
  • अप्रेसनपछि विकिरणयुतm ‘आयोडिन स्क्यान ’ गरिन्छ । यो उपचार पछि थाइराइड क्यान्सर कति बाँकी छ वा निर्मूल भइसक्यो भन्ने जाँच र उपचार हुन्छ । 
  • ठुलो भएर फैलिएमा रेडियोन आयोडिन स्क्यान गरिन्छ । जसबाट शूक्ष्म रोग शरीरका अरु भागमा फैलिएको थाहा हुन्छ र सोही विधिबाट निको गरिन्छ ।

(हाम्रो डक्टर म्यागजिनबाट)
 

Last modified on 2018-06-24 06:25:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts