मेडिसिटीले भित्र्यायो ईसीएमओ



Download our app to get more features

ललितपुर, ७ असार । नेपाल मेडिसिटी हस्पिटलले एक्स्ट्राकोर्पोरियल मेम्बरेन अक्सिजिनेसन (ईसीएमओ) प्रविधि भित्र्याएको छ ।

यो प्रविधिले विशेष उपचारमा रहेका बिरामीको मुटु र फोक्सोको कामलाई सहयोग गर्नेछ । 

साथै बाहिरी पम्पहरु र अक्सिजनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई मुटु, फोक्सो वा दुवै अंगलाई सहयोग पुर्याउँछ । हस्पिटलमा विहीबार आयोजित कार्यक्रममा सो प्रविधिबारे जानकारी दिइएको हो ।

यो  प्रविधिले निमोनिया, स्वाइन फ्लू र बर्ड फ्लूका साथै पानीमा डुबेकाहरूको आकस्मिक उपचार गर्न सकिनेछ ।

हस्पिटलले नेपालमा यो प्रविधि पहिलो पटक भित्र्याएको दावी गरेको छ ।

बिरामीको स्वास्थ्यमा कुनैपनि कमि नहोस भनेर २४ सैं घण्टाका यो उपचार सेवा सुचारु रहने पनि हस्पिटलले जनाएको छ ।

Last modified on 2018-06-21 17:14:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts