वीरमा कलेजोको लचकता जाच्ने ‘फाइब्रोस्क्यान’, मेसिन

काठमाडौं,५ असार । वीर अस्पतालको लिभर युनिटमा कलेजोको लचकता जाच्ने ‘फाइब्रोस्क्यान’, मेसिनबाट हिजोदेखि सेवा दिन थालिएको छ । वायोप्सी गराउनु पर्ने वाध्यताले केहि बिरामीहरु परीक्षण गराउन हच्केर रोगसमेत बढाउने गरेपनि अब जो सुकै सहजै यो प्रकृयामा जान सक्छन्।
वीरको कलेजो युनिटमा आउने कुल बिरामीको करिव ८० प्रतिशतलाई फाइव्रोस्क्यान परीक्षणको आवश्यकता देखिने गरिएकोसमेत उनी औल्याउछन्।
यो मेसिन कलेजो रोग सम्वन्धि अनुसन्धानमा समेत उपयोगी हुने डा.मिश्र बताउँछन्। हाल बुधबार दिउँसो १ बजे देखि साँझ ५ बजे र शुक्रवार विहान ९ वजे देखि दिउसो ५ बजेसम्म फाइव्रोसक्यान परीक्षण गरिए पनि उपभोत्ताको माग अनुसार सेवा बढाउदै सातामा ६ दिनसम्म सञ्चालन गर्ने लक्ष्य युनिटको छ ।
Last modified on 2018-07-13 12:49:08