स्टार हस्पिटल भ्रमण योजना असारभर चल्ने 



Download our app to get more features

काठमाडौं, ३ असार । स्टार हस्पिटल लिमिटेडले जेठ महिनाभर संचालन गरेको ‘स्टार भ्रमण योजना’को अवधी एक महिना थप गरेको छ । जेठ महिनामा हस्पिटल भ्रमणका लागि जान नसकेका सर्बसाधारणले अब असारभर जान सक्नेछन् । 
सेवाग्राहीको सक्रिय सहभागीता तथा मागका कारण कार्यक्रमको अवधी एक महिना लम्बाइएको अस्पतालले जनाएको छ । ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ’ भन्ने नाराका साथ संचालित कार्यक्रममा हजारौंको सहभागिता रहेको अस्पतालको भनाइ छ । भ्रमणमा आउने सेवाग्राही र सर्वसाधारणलाई हस्पिटलले आफ्ना सेवा सुविधा तथा उपचार पद्धतीको बारेमा जानकारी प्रदान गरेको थियो ।

भ्रमण अवधिभर विशेष सहुलियत
अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले भ्रमण अवधीभर सहुलियतमा चेकअप गर्नुका साथै हस्पिटलका सम्पूर्ण सेवामा आकर्षक छुट प्रदान गरिरहेको जानकारी दिए । अस्पतालले असार महिनाभर विहान ११ः०० बजे देखि १ः०० बजे सम्म विशेषज्ञ चिकित्सकिय सेवा मात्र एक सयमा प्रदान गर्ने अस्पतालका सिओओ डा. सन्देश जिसीले बताए । अस्पतालले स्टार भ्रमण योजनामा सहभागी सबै आम सर्वसाधारण, विशिष्ठ व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुलकलेजका प्रतिनिधि, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts