डा. देवकोटालाई आईसियुबाट निकालियो, सोडापानी पिए



Download our app to get more features

काठमाण्डौ, २७ जेठ । लामो समयदेखि उपचाररत  न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई आईसियुबाट निकालीएको छ ।  डा. देवकोटाको स्वास्थ्यमा सामान्य सुधार देखिए पछि उनलाई आईसियुबाट निकालीएको हो । 
पित्तथैलीको क्यान्सर भई उपचाररत देवकोटालाई आइसियुबाट निकालेर भिआईपी वार्डमा राखिएको अस्पतालका जनसम्पर्क अधिकृत काशिराज घिमिरेले जानकारी दिए । डा. देवकोटाले केही चम्चा सोडा समेत खाएको उनले जानकारी दिए । 

शनिवार हेलिकोप्टर मार्फत जन्मथलो गोरखा पुगेर त्यहाँको सिस्नेधाराको पानी खाएर फर्किएका देवकोटाको अनुहारमा केही चमकता देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई सुविधा सम्पन्न भिआईपी वार्डमा सारिएको छ । 

न्यूरो अस्पतालमा डा. देवकोटालाई भेट्न दिनभर शुभचिन्तकको भीड लाग्यो । 

Last modified on 2018-06-11 07:07:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts