न्यूरो सर्जन डाक्टर रोका सम्मानित



Download our app to get more features

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा.यमबहादुर रोका सम्मानित भएका छन् ।

योग शिक्षाका क्षेत्रकमा काम गर्ने डिभाइन टे«निङ सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्व.रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापित रोकस जिल्लिन्स्कास अवार्डबाट डा. रोक्का सम्माति भएका हुन् । संस्थाले बुधबार एक कार्यक्रमकाबीच डा. रोकासहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सम्मान गरेको हो ।

पूर्वाञ्चलमा पहिलो पटक ९ वर्ष अगाडि मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागि विदेश तथा काठमाण्डौ  जानुपर्ने बाध्यताको अन्त्य गरेका थिए । न्यरो सर्जरीमा एमसीएच गरेका डा.रोकाले मस्तिष्क शल्यक्रियाको ९ वर्षे अवधिमा करिव ४ हजार सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

अवार्ड ग्रहण पछि कुरा गर्दे डा. रोकाले न्यूरो सर्जरीमा अहिले नेपाल सरकारले दिँदै आएको एक लाख छुटले बिरामी वर्गमा धेरै राहत भएको बताए ।

Last modified on 2018-06-08 07:49:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts