नेशनल वाथरोग सेन्टरले नेपालकै पहिलो वाथरोग अस्पताल खोल्ने



Download our app to get more features

काठमाण्डौ । राजधानीको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले स्थापनाका पाँचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले आउँदो पाँचवर्षभित्र राजधानीमा बाथरोग अस्पताल खोल्ने उद्देश्य राखेको छ । आउँदो पाँच वर्षभित्र संस्थाले केन्द्रमा अस्पतालमा देशका मुख्य शहरहरुमा शाखा विस्तार गर्ने जनाएको हो । 

सेन्टरको वार्षिकोत्सव समारोहलाई पूर्व स्वास्थ्यमन्त्री एवं नेकपाका सांसद एवं सचेतक खगराज अधिकारीले मंगलबार उद्घाटन गरे । वाथरोग सेन्टरले पाँचौ वार्षिकोत्सवका समारोहमा आफ्ना उपलब्धी र भावी कार्यक्रमका बारेमा जानकारी दिएको थियो । २०६९ सालमा फार्मेसीको रुपमा सुरु भएको संस्थाले २०७० यता बाथरोग सेन्टरका रुपमा सेवा दिइरहेको छ । बाथरोग सेन्टर हाल काठमाण्डौको रातोपुलसँगै ललितपुरको जावलाखेल, भक्तपुर, रातोपुल एवं पोखरामा समेत विस्तार भैसकेको छ । आगामी वर्षहरुमा वर्षको एउटा जिल्लामा सेवा विस्तार गर्ने उद्देश्य रहेको संस्थाका प्रबन्ध निर्देशक रोशन कक्षपतीले जानकारी दिए । 

संस्थाले स्थापनासँगै बाथरोगका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई तालिम, प्रविधि तथा प्राविधिक क्षमता वृद्धि, वाथरोग सचेतना अभियान, बाथरोगको समुदायमा आधारित अनुसन्धान कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संस्थाले काठमाण्डौको अलावा रामेछाप, चितवन, बुटवल लगायत १६ वटा स्थानमा तालिम कार्यक्रम चलाएको छ । प्रबन्ध निर्देशक कक्षपतीका अनुसार संस्थाले हालसम्म काठमाण्डौका १ सय ८० र पोखराका २१ स्थानमा स्वास्थ्य शिविर आयोजना गरेको छ । 

बाथरोग सेन्टरले समुदायमा आधारित बाथरोगीको अनुसन्धान पनि गरिरहेको संस्थाका अध्यक्ष एवं बाथरोग विशेषज्ञ डा. विनित वैद्यले जानकारी दिए । वैद्यका अनुसार नेपालमा एकदुईजनामात्र वाथरोग विशेषज्ञ सुरु हुँदा सुरु गरिएको सेन्टर आफैले अहिले जनशक्ति निर्माणमा भूमिका खेलेको छ । नेपालमा पहिले पटक सेन्टरले बायोलोजिकल एजेन्ट, एनएफसी र इएनए लगायत प्रविधि पनि सेन्टरले भित्र्याएको वैद्यले बताए । 
आउँदो पाँचवर्षमा संस्थाले सुमदायमा आधारित अनुसन्धानका आधारमा बाथरोगीको मौलिक तथ्यांक पत्ता लगाउने, टेलिमेडिसिन सेवालाई विस्तार गर्ने, वेभ बेस्ड ट्रेनिंगलाई विस्तार गर्ने, विराटनगर, बुटवल लगायत पाँचवटा शहरमा शाखा विस्तार गर्ने, केन्द्रीय स्तरको वाथरोग अस्प्ताल निर्माण गर्ने लगायत उद्देश्य राखेको छ । 

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले नेपालको पर्यावरण र वातावरण अनुकूल भएकाले मेडिकल हव बनाउनुपर्ने बताए । उनले भने 'काठमाण्डौबाट १५ मिनेट प्लेन चढे सिमराको गर्मीमा पुगिन्छ । १५ मिनेट हेलिकप्टोर चढे हेलम्बुको चिसोमा पुगिन्छ । यस्तो विविधता भएको मुलुक मेडिकल हब बन्न सक्छ ।'

कार्यक्रममा संस्थाले बद्रिलक्ष्मी आर्थराइटिस सोसाइटीका अधिकारहरुलाई सम्मान एवं उपचारमा सहुलियत दिने घोषणा गर्यो । 

Last modified on 2018-06-06 09:15:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts