शिक्षामन्त्रीले सम्मान गरे नोबेल सञ्चालक डा. सुनिल शर्मालाई 



Download our app to get more features

बिराटनगर, २० जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्मालाई सम्मान गरिएको छ ।

मकालुखबर अनलाईनको पहिलो वार्षिकोत्सवको अवसरमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उनलाई सम्मान गरेका हुन् । स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको मकालुखबरका प्रधान सम्पादक केशव सापकोटाले बताए ।

 सम्मानित भएपछि बोल्दै डा.शर्माले आफु सामाजिक काममा बामे सर्दै गरेकाले आउँदा दिनमा थप समर्पित भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा डा.शर्मासँगै शिक्षासेवी जोर्ज जोन, महिला अधिकारबादी नेतृ भगवती चौधरी र संगीतकार शक्ति बल्लभलाई पनि सम्मान गरिएको थियो । 

डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको दावी गरिएको छ । अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको छ भने पूर्वका बिभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीलाई निःशुल्क उपचार गरिएको अस्पतालको दावी छ । 

Last modified on 2018-06-03 18:13:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts