बिरामीको मृत्युपछि नोबेल अस्पताल तनावग्रस्त, सामान्य बिरामीलाई गलत सूई लगाएर मारेको आरोप



Download our app to get more features

विराटनगर, १३ जेठ । विराटनगरस्थित नोबेल मेडिकल केलजमा चिकित्सकको लापरर्वाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवार नाराबाजी  सहित आन्दोलनमा उत्रिएका छन । उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने भन्दै मृतकका आफन्तहरुले आज अस्पताल अगाडि नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई अस्पताल प्रशासनले कारवाही नगरेको भन्दै पीडितका आफन्तहरुले आन्दोलन गरिरहेका छन् । जसका कारण अस्पताल तनावग्रस्त बनेको छ । 

उनीहरुको आन्दोलनले गर्दा नोबेल अगाडी सुरक्षाकर्मीसमेत ठूलो संख्यामा परिचालन गरिएको छ । आन्दोलपछि पीडित परिवारले प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले उपचारमा लापारर्वाही गर्ने चिकित्सकलाई कडा भन्दा कारहीको माग गरेका छन् ।  

झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको बिहीबार साँझ नोबेलमा उपचारको क्रममा मृत्यु भएको थियो । राईको टाउको दुख्ने र ज्वरो आउने समस्याको कारण बिहीबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकोमा उनको मृत्यु भएको थियो । अस्पतालमा भर्ना गराएपछि चिकित्सकले तत्काल दुईवटा सुई लगाए लगत्तै उनी छटपटाउन थालेको र मृत्यु भएको आफन्तले बताउँदै आएका छन् ।

बिरामी छट्पटाएपछि पटकपटक डाक्टरलाई बोलाउन आग्रह गर्दा पनि नसुनेको र नर्सले एउटा ट्याबलेट दिएपछि तत्काल उनको मृत्यु भएको मृतकका आफन्त गायत्री राईले बताइन । मेडिकल कलेजमा अध्ययनरत एमबीएसका विद्यार्थीको भरमा बिरामीको उपचार भएकोले अकालमै ज्यान गरेको पीडितहरु बताउँछन् ।

मृतकका पति वसन्त राई वैदेशिक रोजगारीमा ४ महिनादेखि कतारमा छन् भने ४ वर्षीया छोरी छन् । अस्पताल प्रशासनले शुक्रबार बिहान ९ बजे घटनाबारे छलफलका लागि बस्ने बताएपनि आधिकारिक व्यक्ति नभएको भन्दै छलफल पनि नगरेको पीडित पक्षको भनाइ छ। पीडित पक्षले घटनाको विषयमा मेडिकल काउन्सिलमा उजुरी दिने जनाएको छ ।

Last modified on 2018-05-28 07:41:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts