नेशनल मेडिकल कलेजमा मुटुको शल्यक्रिया शुरु



Download our app to get more features

वीरगञ्ज,१२ जेठ ।वीरगञ्जस्थित नेशनल मेडिकल  कलेजले प्रदेश नम्बर २ मै पहिलो पटक  अत्याधुनिक उपकरणहरुको  प्रयोग गरि मुटुसम्वन्धि रोगहरुको उपचार सेवा हिजोबाट  शुरु गरेको छ ।  
क्याथ ल्याब उपकरण मार्फत एन्जियोग्राफि, एन्जियोप्लाष्टि स्टेन्ट जडान गरी सस्तो एवं सुलभ मुल्यमा मुटु सम्बन्धि उपचार शुरु गरिएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले जानकारी दिए । 
 
झण्डै ४८ करोडको लागतमा स्थापित क्याथ ल्याबद्धा रा आज रौतहट पोटियाहीकी फतिमा खातुनको सफल एन्जियोग्राफि गरिएको अस्पताल प्रशासनले जनाएको छ ।  

मुटु सम्बन्धि सम्पुर्ण समस्याको सुपथ मुल्यमा उपचार हुनुका साथै मुटु सम्बन्धि गम्भिर समस्या रहेको पाइएमा परमानेन्ट पेसमेकर जडान समेत अब विरगंजमै हुने अस्पतालले जनाएको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts