नेपाल नेशनल हस्पिटल र क्यापिटल सेभिङग एण्ड क्रेडिट कोअपरेटिभको रक्तदान कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाडौं,५ जेठ । नेपाल नेशनल हस्पिटल र क्यापिटल सेभिङग एण्ड क्रेडिट कोअपरेटिभ लिमीटेडको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

राजधानी लगायत देशका विभिन्न ठाउँमा रगतको अभाव भइरहेको समाचार आएसँगै रगत अभाव हुन  नदिन नेपाल नेशनलले रक्तदान कार्यक्रमको आयोजना गरेको हस्पिटलका डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिए । 
बिहान ९ बजेदेखि ११ बजेसम्म चलेको रक्तदान कार्यक्रममा एकसय भन्दा बढिले रक्तदान गरेका छन् ।

शिविरमा लायन्स क्लब अफ काठमाडौं कर्पोरेट र लायन्स क्लब अफ काठमाडौं माछापोखरीको सहभागीता थियो ।

Last modified on 2018-05-19 13:54:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts