बदलिदो मौसमका कारण संक्रमणको जोखिम उच्च जथाभावी नखान सुझाव



Download our app to get more features

काठमाडौं, २० वैशाख । केही दिनदेखि काठमाडौंसहित देशभरको मौसम छिटोछिटो परिवर्तन भइरहेको छ । त्यसमा पनि काठमाडौंबासीले बिहान बेलुका निकै चिसो र दिउँसो पसिना आउने गर्मी महशुस गरिरहेका छन् । यस्तो मौसम बालबालिका र वृद्धवृद्धाका लागि मात्रै होइन वयस्कका लागि पनि राम्रो मानिदैन । यो मौसममा सम्भावित संक्रमणबाट जोगिन डा. शेरबहादुर पुनले दिएका सुझाव यस्ता छन् :—  

  • यो मौसममा स्वाइन फ्लूको जोखिम उच्च हुने भएकाले सकेसम्म भीडभाड भएको हुने स्थानमा नजाने, जानै पर्ने बाध्यता भए मास्क प्रयोग गर्ने ।
  • रुघाखोकी लाग्ने सम्भावना बढी हुने हुँदा बिहान र बेलुका न्यानो लुुगा लगाउने, बसमा यात्रा गर्दा वा पैदल हिड्दा अन्य व्यक्तिसँग ३ देखि ४ मिटरको दुरीमा बस्ने ।
  • पटकपटक हात र औंलालाई मुख वा नाकमा नलग्ने । 
  • गर्भवतीले हरेक ६ महिनामा स्वाइन फ्लूविरुद्वको सुई लगाउनु पर्छ । हात सँधै सफा राख्नुपर्छ । कुनैपनि वस्तु छोएपछि तत्काल हात धुन बिर्सनु हुँदैन ।
  • गर्भवती वा बच्चाहरूले साँझ बिहानको समयमा न्यानो लुगा लगाउने गर्नुपर्छ । जसले गर्दा कुनैपनि किसिमको संक्रमणबाट जोगिन सकिन्छ ।
  • बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा उनीहरूलाई संक्रमणले सहज आक्रमण गर्ने हुँदा विशेष ध्यान दिनुपर्छ ।

आवश्यक भन्दा बढी कपडा पनि नलगाऔं
यो मौसम बालबालिकाका लागि पनि निकै संवेदनशील हुन्छ । केही अभिभावकले यस्तो मौसममा बच्चालाई आवश्यता भन्दा बढी लुगा लगाइदिने गर्छन् भने केहीले सामान्य लुगा मात्रै लगाइदिने गर्छन् । यस्तो दुबै काम गर्नुहुँदैन । जसले गर्दा बच्चालाई छाला सम्बन्धी समस्या हुन सक्छ भने कतिपय बच्चालाई संक्रमणले चाँडै आक्रमण गर्ने गर्छ । 

यस किसिमको मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्छ । बाहिर कतै खाँदा सफा ठाउँ छ की छैन भनेर सचेत हुनुपर्छ । बढी चिल्लो र मसालेदार खाना जथाभावी खाँदा वान्ता हुने, झाडापखाला लाग्ने र फूड पोइजनिंग पनि हुनसक्छ । 
अहिलेको मौसममा पानीजन्य रोगहरूका साथै डेंगु, जण्डिस र टाइफाइडले पनि संक्रमण गर्ने हुँदा सधैँ पानीलाई शुद्ध बनाएर पिउनुपर्छ । बजारमा पाइने मिनरल वाटर पनि शुद्ध हुन्छ भनेर विश्वास गर्नुभन्दा घरमै पानी शुद्ध बनाएको पानी पिउनुपर्छ ।
 

Last modified on 2018-05-09 16:29:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts