विराट हस्पिटलले भित्र्यायो पत्थरीको अप्रेशन गर्ने होल्मियम लेजर प्रविधि



Download our app to get more features

विराटनगर, १७ वैशाख I पत्थरी भएका बिरामीको उपचारका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले नयाँ प्रविधि भित्र्याएको छ । मिर्गौला र पिसाब नलीमा पत्थरी भएका बिरामीको उपचारका लागि हस्पिटलले अत्याधुतिक प्रविधिका आधारित होल्मियम लेजर प्रविधि भित्र्याएको हो ।

यो प्रविधिबाट उपचार गर्दा सेवा केही महंगो भए पनि बिरामीले गुणस्तरीय सेवा पाउने अस्पतालको दावी छ । तर उपचार सेवा विश्वस्तरको र उत्कृष्ठ हुने अस्पतालले जनाएको छ । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार यो प्रविधि पुर्वाञ्चलमै पहिलो पटक भित्रिएको हो । पुर्वाञ्चल बाहेक काठमाडौंका केही अस्पतालमा मात्रै यो सेवा उपलब्ध छ । होल्मियम लेजर प्रविधिबाट सेवा सुरु भएसँगै अब पूर्वी नेपालका बिरामीले पत्थरीको उपचारका लागि बाहिर जानु नपर्ने डा. कार्कीले बताए ।

बिरामीलाई सहुलियत शुल्कमा अत्याधुनिक उपकरणमार्फत स्वास्थ्य उपचार सेवा दिने उदेश्यले अस्पतालले नयाँ प्रविधि भित्र्याएको डा. कार्कीले स्पष्ट पारे । आजसम्म पत्थरी फुटाउदै आएकोमा यस प्रविधिले ढुङगालाई छर्नबाट रोक्ने र धुलो बनाई सिधै पिसावका माध्यमबाट बाहिर पठाउछ । चिकित्सकका अनुसार बिहान ढुङगा निकालेका बिरामी बेलुका हिडेर घर जाने सक्नेछन् । हस्पिटलले सुरुवाती दिनमा बिरामीलाई २० प्रतिशत छुट दिएको छ ।

Last modified on 2018-04-30 17:14:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts