मनमोहन सेन्टरले बिरामीलाई चाहिने रगतको व्यवस्था गर्ने



Download our app to get more features

काठमाडौं, १३ वैशाख । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जटिल विरामीको शल्यक्रियाको लागि आवश्यक रगतको व्यवस्था सेन्टर आफैंले लिने तयारी गरिरहेको छ ।

जटिल शल्यक्रियाको अवस्थामा विरामी र आफन्तलाई सजिलो बनाउन सेन्टरले ब्लडको व्यवस्था गर्ने जिम्मा लिने तयारी भइरहेको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको नवौं वार्षिकोत्सव कार्यक्रममा सेन्टरले यस्तो तयारी भइरहेको जनाएको छ ।  

बार्षिकोत्सवको अवसरमा सेन्टरले त्रिवि शिक्षण अस्पतालमा विशेष समारोहको आयोजना गरेको थियो । सेन्टरले गतबर्ष   CCU को लागि High Quality को १५ वेड खरिद गर्नुका साथै नयाँ Lift र Digital X-Ray जडान गर्न गरेको थियो ।

 सेन्टरमा हाल मापदण्ड अनुसारको Emergency fire exit बनाउने काम सम्पन्न भएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । 
सेन्टरले यस वर्ष मुटु, फोक्सो र रक्तनलीका १६८६ वटा शल्यक्रिया गरेको थियो भने क्याथ ल्याबमा १११६ वटा मुटुको विभिन्न Intervention पूरा गरेको छ । 

अवको ६ महिना भित्र अर्कोCath Lab को संचालन हुने कार्यकारी निर्देशक डा.श्रेष्ठले बताए । विशेषखालको ःMan power ट्रेनिङ्ग गर्ने क्रममा नियमित रुपमाPhD levelको पढाई(MCh / DM Course) भईरहेको सेन्टरले जनाएको छ ।  
सेन्टरले यस वर्ष विभिन्न अन्तराष्ट्रिय निकायहरुसंग मिलि अनुसन्धानको काम शुरु गरेको छ । गतवर्ष स्वास्थ्य मन्त्रालय, दातृसंस्था र अस्पतालको आम्दानीबाट सेन्टरले विपन्न विरामीलाई १३ करोड रुपैया बराबरको निःशुल्क सेवा प्रदान गरेको थियो ।  

अस्पताले संचालन गरेको फार्मेसीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “नमुना फार्मेसी” को रुपमा व्याख्या गरेको छ । केही  महिनाअघि प्रधानमन्त्री के.पि. शर्मा ओलीले नयाँ भवन “मनमोहन एनेक्स सेन्टर” को शिलान्यास गरेका थिए । 

अबको १७ महिनामा थप ४० वेडको सुबिधासहित VIP Suiteको साथैHybrid operation theatre संचालनमा ल्याइने सेन्टरले जनाएको छ ।  
सेन्टरले विरामीको सम्पूर्ण रेकर्डलाई electronic recordमा राख्ने व्यवस्था गरेको छ । केहि महिनामा नै प्रत्येक विरामीको भर्ना भएका र नभएका (IPD / OPD) electronic record राख्ने सेन्टरले तयारी गरेको छ । यसले अनुसन्धान र अन्य शोधपत्रकोलागि सहजता ल्याउनेछ ।  

Last modified on 2018-04-27 15:19:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts