एसिया प्यासेफिक अर्थोपेडिक एशोसिएसनको राष्ट्रिय प्रतिनिधिमा डा. पौडेल



Download our app to get more features

काठमाडौं, १२ वैशाख । १० देखि १४ अप्रिलमा टर्कीको एन्टालियामा २०औं एसिया प्यासेफिक अर्थोपेडिक एशोसिएसन (एपीओए)  र काउन्सिल मिटिङ सम्पन्न भएको छ । 

काउन्सिल मिटिङले अर्थोपेडिक संघका अध्यक्ष डा. बुलन्द थापालाई डिजास्टर रेस्पोन्स सब कमिटिको अध्यक्षमा चयन गरेको छ । यसैगरी एसिया प्यासेफिक ट्रमा सोसाइटिको साधारण सभाले नेपालमा अर्थोपेडिक संघका निवर्तमान महासचिव तथा एपीओएको लागि नेपालबाट राष्ट्रिय प्रतिनिधि डा. व्यापक पौडेललाई सर्वसम्मत रुपमा  कार्यकारिणी पदमा चयन गरेको छ । 

एपीओएमा २४ राष्ट्रका करिब ६० हजार सदस्य छन् । पूर्वमा न्युजिल्यान्ड र पश्चिममा टर्कीसम्म एपीओएमा समेटिएको छ । यसका फुट एन्कल, हिप, नी, स्पाइन, स्पोर्टस, प्याटडिओट्रिक अर्थोसर्च सब स्पेक्युलिटी छन् ।
नेपालमा अर्थोपेडिक संघ र एपीओएबीच अर्थोपेडिकसँग सम्बन्धित यी सब स्पेक्युलिटी अन्र्तरगत ज्ञान र सिपको आदान प्रदान गर्ने ठुलो अवसर प्राप्त भएको नेपाल अर्थोपेडिक एसोसेसनको पूर्व निवर्तमान महासचिव डा. व्यापक पौडेल बताए । नेपाल अर्थोपेडिक एशोसिएसन सन् ०१६ देखि एपीओएमा आबद्ध छ ।
 ।
 

Last modified on 2018-04-25 19:34:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts