बिरामी किनबेच गर्ने प्रहरी फन्दामा ! को को परे ?



Download our app to get more features

चितवन, ६ जेठ । चितवनको बि.पि.कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको लागी आएका बिरामीहरुलाई सस्तोमा परीक्षण गराइदिने, राम्रो डाक्टरसँग उपचार गराइदिने लगायत प्रलोभन देखाएर ठगी गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 
बिचौलिया व्यक्तिहरुबाट बिरामीहरु पिडित हुने गरेको भन्ने सुचनाका आधारमा बिहीवार प्रहरीले गरेको निगरानीमा १५ जना व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हो । उनीहरुलाई बिहान ११ बजे पक्राउ गरिएको हो । ‘निगरानी गर्ने क्रममा निम्न व्यक्तिहरुले बिचौलिया गरी बिरामी तथा बिरामीका आफन्तहरुलाई दुख हैरानी दिई रहेको अवस्थामा फेला पारी यस्तो काम नगर्नुहोस् भनि सम्झाई बुझाई गर्न लाग्दा यो त हाम्रो पेशा नै हो भनि संग विवाद झगडा गरी प्रहरीको कर्तव्य पालना गर्ने कार्यमा बाधा पु¥याउएको हुँदा निजहरुलाई पक्राउ गरी आजै केही सार्वजनिक (अपराध र सजाँय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको ।’ जिल्ला प्रहरी कार्यालय चितवनबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका मानिसहरु 

१. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ६६ ईश्वरी प्रसाद न्यौपाने ।
२. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २४ को राजन गुने ।
३. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४५ को गंगा प्रसाद जैसी ।
४. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३० को राम प्रसाद काफ्ले ।
५. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४५ को राम प्रसाद काफ्ले ।
६. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४७ को भिम प्रसाद चापागाई ।
७. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २२ को बिकास पौडेल ।
८. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २० को प्रभात शर्मा ।
९. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २९ को सुन्दर लिम्बु ।
१०. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३१ को टिकाराम लामिछाने ।
११. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ की शोभा लामिछाने ।
१२. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४६ की बसुन्धरा अधिकारी ।
१३. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २८ की एका कुमारी लामिछाने ।
१४.जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २७ की सरिता शर्मा ।
१५. जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३५ की मिना लामा ।

स्रोत 
जिल्ला प्रहरी कार्यालय चितवन ।
 

Last modified on 2016-05-19 19:02:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts