नेपालमा नयाँ प्रजातिका मलेरिया होला ?
केहि बर्ष अगाडी सम्मका चिकित्सकहरुले पढ्दासम्म पनि मलेरियाका चार प्रजातिका बारेमा पढ्ने गरिन्थ्यो। पलाज्मोडियम भाईबेक्स, पलाज्मोडियम फालसीफारम, पलाज्मोडियम ओभाले, र पलाज्मोडियम मलेरे गरी चार प्रकारका मलेरिया बढी मात्रामा जानकारी आउने गर्दथ्यो।
पाचौ प्रजातिको मलेरिया बारेमा भने हालसम्म थोरै जानकारी मात्र रहेको पाहिन्छ । यसलाई “पलाज्मोडियम नोलेसी“ को नामले चिन्ने गरिन्छ । सन् १९३१ मा पहिलो पल्ट यसको पहिचान सिंगापुरबाट भारत लगेको बादरमा पहिचान गरिएको थियो। सन् १९६५ सम्म आइपुग्दा पहिलो पल्ट मलेसियामा मानिसमा पनि पत्ता लागेको थियो। दोस्रो केश सन् १९७१ मलेसियामा नै देखा परेको थियो भने सन् २००४ सम्म आहिपुग्दा त्यही नै १२० जनामा “पलाज्मोडियम नोलेसी“ मलेरिया निदान भएको थियो। मलेसियाको स्वास्थ मन्त्रालयको सन् २०११ देखि २०१५ सम्मको तथ्यांक हेर्ने हो “पलाज्मोडियम नोलेसी“ को प्रतिशत बढ्दै गएको (३० प्रतिशत देखि सन् २०१५ सम्म आहिपुग्दा ७० प्रतिशत सम्म पुगेको) र अरु प्रजातिका मलेरिया भने घट्दै गएको देखिन्छ । सन् २०१५ सम्म आहिपुग्दा मलेसिया मात्र नभएर नजिकैका देशहरु चीन, भिएतनाम, सिंगापुर, फिलिपिन्स, म्यानमार, ब्रुनाई, तथा इन्डोनेसिया सम्म फैली सकेको छ । यसको भौगोलिक दाहेरा आगामी दिनहरुमा अरु फैलनेमा दुइ मत देखिदैन। यी देशहरु एसियाको दक्षिण पूर्वमा अवस्थित रहेको र नेपाल पनि एसियाको दक्षिणी भूभागमा रहेकोले “पलाज्मोडियम नोलेसी“ मलेरियाको जोखिम नेपालमा पनि उच्च देखिन्छ ।
हो “पलाज्मोडियम नोलेसी“ मलेरिया? जंगली बादरबाट लामखुट्टेको मध्यमबाट यो प्रजातिको मलेरिया सर्ने प्रमाणित भैसकेको छ । खासगरी मलेसिया र यो देशको सिमासंग जोडिएको अरु दक्षिण पुर्बी एशियाली देशहरुमा यस प्रजातिका बादरहरु बढी मात्र पाहिने गरेको छन् र त्यसैले होला यी देशहरुमा हाल यो प्रजातिका मलेरिया बढी मात्रामा देखिने गरेका पनि छन । अरु मलेरियाका प्रजातिमा ४८ र ७२ घन्टाको फरकमा ज्वरो आउने भएपनि “पलाज्मोडियम नोलेसी“ मलेरिया संक्रमणमा १२ घन्टाको फरकमा आउने गर्दछ ।
मलेरिया परजीबी पनि अत्यधिक मात्रामा हुने गरेको पाहिन्छ । लक्षणहरु अरु प्रजातिमा जस्तै ज्वरो, टाउको दुख्ने, अलश्य हुने, खानामा रुचि नहुने, शरीर दुख्ने आदी हुन्छ । त्यस्तै खोकी, पेट दुख्ने र पखाला पनि लाग्ने गरेको देखिन्छ । प्रतिशतमा कडा रुप लिन सक्दछ भने यसको मृत्युदर एक प्रतिशत भन्दा कम हुने गर्दछ । यसको पहिचान माईक्रोस्कोपबाट जटिल हुने भएकोले सेरोलोजी टेस्ट वा पीसीआर प्रविधिबाट गर्दा सहज हुन्छ । उपचार “पलाज्मोडियम फालसीफारम“ लाई जस्तै गरेर गर्ने भनेर नेपाली निर्दे्शिकामा उल्लेख गरेको छ ।
यसका चुनौती
नेपाली युबाहरु हाल दक्षिण पुर्बी एशियाली देशहरुमा रोजगारको सिलसिलामा खासगरी मलेसिया जाने गरेका छन र यो दैनिक हजारौको सख्यामा छ । मलेसियामा हरेक बर्ष “पलाज्मोडियम नोलेसी“ मलेरिया बढ्दै गएको अवस्थामा नेपाल युबाहरु पनि उतिकै जोखिममा देखिन्छ । खासगरी ती संक्रमितहरु नेपाल आहे चिकित्सकहरुलाई पत्ता लगाउन कठिन हुने छ । हाल यो प्रजातिको मलेरियाको किट नेपालमा प्रचलन ल्याएको देखिदैन र त्यति बहस पनि हुने गरेको छैन । किट भएपनि यसको पत्ता लगाउने क्षमता धेरै कम हुने भएकोले यो प्रजातीको मलेरिया छुट्ने सम्भावना अधिक देखिन्छ । समयमा पहिचान गर्न नसके बिरामीको मृत्यु समेत हुन सक्दछ । तसर्थ हाल नेपालबा बैदेशिक रोजगारमा मलेसिया जाने भएकोले यसको जोखिम नेपालमा पनि उच्च रहेकोले यो प्रजातिको मलेरिया रोग पहिचान गर्न खासगरी पीसीआर प्रविधि सर्बसुलब गराउनु पर्द जुन बढी भरपर्दो पनि छ। अन्तमा, “बिश्व औलो दिवस“ अप्रिल २५ मा मनाउदै गर्दा र औलो उल्मूलनको लक्ष्य लिदै गर्दा नया नया चुनौतीलाई बेवास्ता गर्न मिल्दैन वा त्यसलाई सम्बोधन गर्दै जानु पनि पर्दछ । “पलाज्मोडियम नोलेसी“ मलेरिया नेपालमा हालसम्म रिपोर्ट नगरेता पनि आगामी दिनहरुमा आउदैन भन्न सकिदैन। त्यसको लागि कम्तिमा पनि चिकित्सकहरुलाई शंका लागे पत्ता लगाउने प्रविधि सहज उपलब्ध हुनु जरुरी हुन्छ । मात्र सहि उपचार गर्न सहज हुनेछ ।
डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल
Agreed with Dr Yadav Joshi. Climate Change is one of the main reasons responsible for Spreading infectious diseases worldwide, documented in numerous research articles but until now unfortunately, good research is yet to be conducted in Nepal. Hopefully you (including other environmental health scientists)will be the one who initiate this important but very critical research in coming days.
Very much informative article Dr. Pun. Of course, the climate is one of the factors that help in the adaptation of a vector in given environment. Until now, government focus is mainly on clinical treatment of infectious diseases but it would be useful if prevention and control strategies are prioritized in an environmental and socioeconomic setting.