'नियुक्ति हुँदाकाे १२ कराेड' उठाउन बीपीका उपकुलपतिलाई सकस, अख्तियारकाे छानविनमा उपकुलपति



Download our app to get more features

काठमाडौं, १२ वैशाख । तत्कालीन स्वास्थ्यमन्त्री गगन कुमार थापाले नियुक्ति गरेका वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकुमार रौनियारलाई आफु नियुक्ति हुदाँको १२ करोड रुपैयाँ उठाउन सकस परेको छ । नियुक्ति पत्र बुझेको दिन देखि आर्थिक चलखेलमा लागेका रौनियार माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । 

रौनियार विरुद्ध प्रतिष्ठानका कर्मचारीले नै आर्थिक अनियमितता जोडेर उजुरी हालेका छन् । रौनियारले आर्थिक चलखेलका लागि रकम मागेको भिडियो र अडियो सार्वजनीक गर्दा समेत सरकारले पदबाट बर्खास्त गर्न नसकेको भन्दै वी.पी. का कर्मचारीहरु आन्दोलित भएका छन् । उनिहरुले रौनियारको विरुद्धमा प्रतिष्ठान हाताभित्रै हस्ताक्षर अभियान चलाएका छन् । ‘प्रतिष्ठानका एक कर्मचारीले भने, संस्थामा धेरै समयअघि देखि नै आर्थिक दोहन सुरु भएको हो । तर, डा. रौनियार आएपछि सार्वजनीक रुपमा खुलेआम भ्रष्टाचार भएको छ । यसको नियन्त्रण गर्न नसके भोलि संस्था गम्भीर दुर्घटनामा पर्ने निश्चित छ ।’

१२ करोड खर्च गरेर उपकुलपति भएको हुँ
प्रष्ठिानका उपकुलपति रौनियारले आफु १२ करोड रुपैयाँ खर्च गरेर उपकुलपति बनेको भन्दै सो रकम उठाउनु आफ्नो पहिलो दायित्व भएको बताउँछन् ।‘अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘संस्था भित्र हाल कनै प्रकारको अनुशासन छैन । नियम कानुनको धज्जि उडाइएको छ । हालका उपकुलपति रौनियार आफुले १२ करोड खुवाएर उपकुलपति बनेको भन्दै सोही अनुपातमा रकम कमाउनु पर्छ भन्ने गर्नुहुन्छ ।’

‘प्रतिष्ठानका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने,’‘आफुले खर्च गरेको रकम उठाउँन विगभिन्न पदहरुमा कर्मचारी, डाक्टर, नर्स र पढ्ने विद्यार्थी भर्ना गर्दा समेत पैसा उठाउने गरेका छन् । रौनियारले भर्नामा मात्रै १० लाख रेट राखेका छन् ।’

गहन रुपमा छानविन चलिरहेको छ : अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति माथि गहन रुपमा अनुसन्धान सुरु गरेको छ ।

अख्तियारका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीका अनुसार एक दर्जन बढी उजुरीका आधारमा छानविन अगाडि बढेको छ । विगतका उपकुलपति र वर्तमान उपकुलपति विरुद्ध उजुरीहरु आएका छन्। प्रवक्ता मैनालीले भने, तर, अधिकांश उजुरीहरु वर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियारसंग सम्बन्धित रहेका छन् ।’ अख्तियारका अनुसार अनुसन्धानले तिव्र रुप लिएको छ । अख्तियारले वी.पी. र त्यहाँका उपकुलपति मार्फत विस्तृत अनुसन्धान सुरु भएको बताएको छ । मैनालीका अनुसार एमआरआई उपकरण खरिद, गाडी खरिद र भवन निमार्णको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु भएको छ । 
 

Last modified on 2018-04-25 19:54:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts