‘सिजेरियन’ डेलिभरी कस्तो बेला गर्ने



Download our app to get more features

‘सिजेरियन’ डेलिभरी गराउनु पर्ने आफ्नै कारण हुन्छ । बच्चा आफै पाउन नसक्ने आमाका लागि ‘सिजेरियन’ डेलिभरी गराईन्छ । आमाको पेट भित्रबच्चाको टाउको ठुलो हुने, तौल एक दम धेरै हुने, पाठेघर भित्र पानी कम हुने, अचानक बच्चाले आमाको पेट भित्र दिसा गर्ने, विभिन्न कारणले बच्चाको मुटुको धड्कन तल माथि हुने, बच्चाको टाउको जिउ र आमाको यौनी नमिल्ने (सिपिडि) अवस्थामा ‘सिजेरियन’ डेलिभरी आवश्यक पर्छ ।

कहिलेकाँही एकपटक भन्दा बढि ‘सिजेरियन विधि’ मार्फत बच्चा जन्माएको अवस्थामा अर्कोपटक आमाको पाठेघर फुट्ने सम्भावना भएका आमाहरुमा बेथा राम्रोसँग लागेन, पहिला अप्रेशन गरेको ठाउँ बेसमारी दुख्न थाल्यो भनेपनि ‘सिजेरियन’ डेलिभरी गराईन्छ । 

आज भोलि धेरै मानिस ठुलो परिवारको पक्षमा देखिदैनन् । उनिहरु सानो परिवारको चाहनामा देखिन्छन् । एउटाभन्दा दुईवटा सन्तान चाहिँदैन भन्ने उदेश्यले एकपटक अप्रेशन गरे अर्को पटक दुःख भोग्नु पर्दैन भन्ने मनसायले कतिपय महिलाहरुले ‘सिजेरियन’ डेलिभरी गर्न रुचाउने गरेका छन् । 

सरकारीमा समस्या देखिए मात्रै अप्रेशन
सरकारी अस्पतालमा २४ सै घण्टा सबै विधाका विशेषज्ञ डाक्टरहरु बसेका हुन्छन् । आवश्यक परेको खण्डमा उनिहरु हर समय अप्रेशनगर्न तयारी अवस्थामा हुन्छन । तर, निजी स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक २४ घण्टा कहिँ पनि बस्दैनन् । निजीमा मेडिकल अफिसरले मात्रै सेवा दिईरहेका हुन्छन् । उनिहरु यस विषयमा विज्ञ हुँदैनन । हामीहरु सकेसम्म ‘सिजेरियन’ डेलिभरी गर्नु नपरोस् भनेर संयमित भएर बसेका हुन्छौं । बिरामीसँग अत्यन्तै नजिक हुन्छौं केही समस्या देखिन अवस्था आए तत्काल अप्रेशन सुरु गर्छौं । 

अप्रेशन चाहिने महिलालाई गर्दा बच्चा राम्रो भएर निस्कन्छ । तर, पछिल्लो समय भएका सबै नचाहिने अप्रेशनले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पारेको छ । प्रकृतिले दिएको देनलाई अप्रेशनमा लगेर जोड्दा अवश्य स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ । जसले गर्दा आमा र बच्चालाई मृत्युको मुख सम्म पुर्याउन सक्छ । 
 

Last modified on 2018-04-20 12:39:29

2 Comments

  1. Frist babc/s vayo aba next baby normal garaun milchha ki mildain kati ko chance hunchha please inform me ?

  2. Ko ho yar yo ...hamro anesthesiologist sir ly gynecologist lekni...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts