नेपाल मेडिसिटीमा नगदरहीत स्वास्थ्य बीमा सुरु



Download our app to get more features

काठमाडौं,२८ चैत । ‘स्वास्थ्य अब नेपालीको पहुँचमा’ भन्ने नारासहित मेडिसिटी अस्पताल र बीमा कम्पनीबीच सहकार्य भएको छ । 

नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्यारेन्सले नेपालीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यसहित नगदरहीत स्वास्थ्य बीमा सेवाका सुरु गरेको छ ।

विश्वका धेरै देशमा स्वास्थ्य बीमाको माध्यमबाट सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको र थोरै देशमा मात्र नगदरहीत स्वास्थ्य बीमा सेवा कार्यक्रम छ । यसैमध्ये नेपालमा पनि नेपाल मेडिसिटी अस्पतालले सो सेवा सुरु गरेको अस्पतालका अध्यक्ष उपेन्द्र महतोले बताए ।

सामान्यतया स्वास्थ्य बीमामा बिरामीहरुले अस्पतालमा रकम भुक्तानी गरी त्यसको भुक्तानीका लागि बीमा कम्पनीहरुलाई पठाउने र बीमा कम्पनीहरुले कांटछांट गरी लागेको भन्दा कम रकम भूक्तानी गर्ने परिपाटी छ । तर, नेपाल मेडिसिटीमा बिरामीले खरीद गरेको पोलिसी अनुसार नगद भूक्तानी गर्नू नपर्ने गरी सेवा प्रदान शुभारम्भ गरेको अध्यक्ष डा. महतोले बताए ।

स्वास्थ्य बीमालाई अभियानको रुपमा देशब्यापी बनाउन नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको र यसले नेपालको स्वास्थ्य क्षत्रेमा ठुलो सहयोग पूग्ने प्रिमियर इन्स्यारेन्सका अध्यक्ष सूरेशलाल श्रेष्ठले बताए ।

आम नेपालीलाई सर्वसुलभ उपचार गराउने चाहना अनुरुप नेपाल मेडिसिटी अस्पतालले शुभारम्भ गरेको नगदरहीत स्वास्थ्य बीमालाई जनस्तरसम्म पुर्याई बढी भन्दा बढीलाई यस योजनामा समाहित गराउनु पर्ने नेपाल मेडिसिटी अस्पतालक निर्देशक डा. सुनिलकुमार शर्माले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts