खाना खाने बेलामा पानी पिउँदा यस्ता नोक्सान...
एजेन्सी । हामीमध्ये धेरैको बानी हुन्छ खाना खाने समयमा पानी पिउँदै खाना खाने ।
अझै कतिको बानी त गाँसै पिच्छे पानी पिउने पनि हुन्छ । यदि तपाईँ पनि खाना खानेबेलामा पानी पिउनुहुन्छ भने यो बानी जतिसक्दो चाँडो छोड्नुस् । हालै गरिएको एक अध्ययनका अनुसार खाना खानेबेला पानी पिउने बानी तपाईको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । खाना खानेबीचमा पानी वा सफ्ट ड्रिन्क पिउने बानीले सबैभन्दा बढी पेट स्वास्थ्यको लागि नराम्रो हो ।
त्यतिमा मात्र नभई यसले तपाईँको प्रतिरोधात्मक क्षमतालाई पनि प्रभावित गर्न सक्छ । खाने बेलामा पानी पिउनाले के नोक्सान हुन सक्छ ...
- इन्सुलिनको मात्रा बढाउँछ
खाना खानेबेलामा पानी पिउनाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जसले गर्दा हाम्रो पाचन प्रक्रिया प्रभावित हुन जान्छ । त्यति मात्र होइन यसले हाम्रो शरीरमा ब्लड सुगरको मात्रालाई पनि बढाउने सम्भावना बढी हुन्छ ।
- मोटोपनाको कारण बन्न सक्छ
खाना खानेबेलामा सफ्ट ड्रिन्क्स र पानी पिउने बानी तपाईँको मोटोपनको कारण बन्न सक्छ । खानेबेलामा पानी पिउनाले पाचन क्रिया कमजोर हुन्छ र इन्सुलिनको मात्रा बढ्छ । जसकारण शरीरमा वोसो जम्ने हुन्छ र शरीरको तौल बढ्दै जान्छ ।
- एसिडिटी बढ्छ
खानेबेलामा पानी पिउनाले खानाको पाचन क्रिया सुस्त हुन जान्छ । खाना पेटमा नपचेर धेरै समयसम्म रहिरहने हुँदा एसिडिटी हुन थाल्छ । जसले गर्दा पेट, छाती र घाँटीमा जलन पनि हुने गर्छ ।