यी अंगमा स्पर्श गरे महिला चाँडै उत्तेजित हुन्छन्
एजेन्सी, २४ चैत । कतिपय पुरुषलाई थाहा नहुन सक्छ की यौनक्रियाका बेला महिलाको शरीरको कुन भागमा छुँदा बढी उत्तेजना आउँछ ।
सोही अन्जानका कारण उनीहरूको यौन जीवन निरस बनिरहेको पनि हुन सक्छ । यदि यस्ता कुरामा जानकार हुने हो भने दम्पतीबीचको यौनक्रियाकलाप थप रोमाञ्चित बन्न सक्छ ।
ब्युटी बोनमा स्पर्श
महिलाको घाँटी भन्दा मुनी र छातीभन्दा माथि रहेको हड्डीलाई ब्युटीबोन भनिन्छ । यो हड्डीको वरीपरि छुँदा तथा किस गर्दा महिलाले निकै आनन्द महशुस गर्छन् । सो हड्डी वरपरका छाला निकै पातलो हुने भएकाले निकै संवेदनशील र उत्तेजित बनाउने हुन्छ ।
फिंगरटिप्स
जोडले एक अर्काको हातका औंलाहरू आपसमा क्रस गराउँदा पनि यौन उत्तेजना बढ्छ ।
मेरुदण्डको हड्डी
यौन उत्तेजनाको लागि मेरुदण्डको हड्डीको महत्वपूर्ण योगदान रहन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यदि महिलाको पछाडीपट्टिको भाग अर्थात मेरुदण्द वरपरको भागमा बिस्तारै बिस्तारै किस गरेमा वा हल्का हातले मुसारेमा पनि यौन उत्तेजना तिव्र रुपले बढ्न मद्दत गर्छ ।
कानमा गरौं मायाका कुरा
यौन उत्तेजना बढाउने अंग मध्ये कान पनि हो । महिलाको कानमा बिस्तारै सुमसुमाउँदै, टोक्दै मायाका कुरा गर्दा पनि यौन उत्तेजना बढ्छ ।
खुट्टाबाट सुरु गर्नुहोस्
ओछ्यानमा जानुभन्दा पहिला आफ्नो पार्टनरलाई खुट्टा राम्ररी सफा गर्न अनुरोध गर्नुहोस् । किनभने सफा र सेक्सी खुट्टाले पनि यौन उत्तेजना बढाउन सहयोग गर्छ । महिलाको पैतला, औंलामा किस गर्दै सुम्सुमाउँदै यौन उत्तेजना बढाउन सकिन्छ ।