जथाभावी पेनकिलर खाँदा हुन सक्छ हर्टफेल !



Download our app to get more features

काठमाण्डौं, ५ जेठ । सामान्यतया दुखाइ कम गर्न मानिसहरु पेन किलरको प्रयोग गर्छन् । यसलाई नन स्टेरोइडल एन्टिइन्फ्लामेटोरी ड्रग पनि भनिन्छ । यस्ता औषधिको प्रयोग आजकाल प्रशस्त प्रयोग गरिएको पाइन्छ । जथाभावी प्रयोग हुने पेन किलरले साइड इफेक्ट पनि उत्तिकै गरेको हुन्छ । तर चिकित्सकको सिफारिस बिना औगाधि पसलबाट सहजै औषधि किनेर खाने परिपाटीका कारण यस्ता औषधिको प्रयोग बढीरहेको छ । 

दुखाई कम गर्न चिकित्सकको परामर्शबिना लामो समय पेनकिलरको खानेहरुमा मुटुको समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् । दुखाई कम गर्न प्रयोग हुने ब्रुफिन र डिक्लोपेन्सको धेरै प्रयोगले हर्ट अट्याकको सम्भावना बढी देखाएको चिकित्सकहरु बताउँछन् । धुमपानका अम्मली र शरीरको तौल धेरै भएकाहरुमा यसको प्रयोग अझ बढी खतरनाक हुने बताइएको छ । 

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार पेनकिलरको सेवनले पेटमा, कलेजो, मिर्गौलालगायतमा असर गरेपनि मुटुमा असर नगर्ने बताए । तर मुटुका बिरामी छन् भने एनेलजेसिक हार्ट फेल हुने संभवना भने पेनकिलर औषधिले गराउने डा. रेग्मीले बताए । उनका अनुसार हार्ट एटेक र हार्ट फेल फरक रोग हो । पेनकिलरले हार्ट एटेकलाई असर नगरेपनि हार्ट फेल गर्न भने पेन किलरले सहयोग गर्ने सक्छ ।

रगतमा बढी तापक्रम हुँदा मुटुको मायोकार्डेनलाई घटाउनुपर्ने हुन्छ । तर पेनकिलरले मायोकार्डेन बढाउन सक्छ जसले गर्दा हार्ट फेलर हुने सम्भावना हुन्छ । मुटुमा रक्त सञ्चार प्रवाहको कमीले हर्ट एटेक हुन्छ, तर पेनकिलरले त रक्तसञ्चारको प्रवाह बढाउने भएकोले हर्ट एटेक नहुने चिकित्सकहरुको भनाई छ । 

मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालका अनुसार दुखाई कम गर्ने समुहमा पर्ने ब्रुफिन, ब्रुसेट, इन्डोमेथासिन, डाइक्लोफिनजस्ता औषधी मिर्गौलाका लागि घातक हुनसक्छ ।
डा. बरालका अनुसार कतिपयमा दुखाई कम गर्ने औषधीको एक दुई मात्रा सेवनले नै मिर्गौला फेल हुन सक्छ जसलाई एक्युट रेनल फेलियर भनिन्छ । कतिपयमा भने लामो समयसम्म दुखाई कम गर्ने औषधी सेवन गरेपछि मिर्गौलाको समस्या देखिन्छ । जसलाई चिकित्सकीय भाषामा ’एनल्जेसिक नेफ्रोप्याथी’ भनिन्छ ।
मिर्गौलामा रगत आपूर्ति गर्न प्रोस्टिनग्याल्डिन नामक हर्मोनमा पूर्ण भरपर्ने शरीरमा दुखाइ कम गर्ने औषधी सेवन गरेको केही समयमै यो महत्वपूर्ण अंग फेल हुन्छ । 

‘दुखाई उत्पन्न गराउने हर्मोन पनि यही हो ।’ बरालले भने, ‘औषधी खाएपछि दुखाई पनि कम हुन्छ, मिर्गौलाले पनि काम गर्न छाड्छ ।’

मिर्गौला, कलेजो, मुटु, उच्च रक्तचाप र पेटका रोगीहरुले नदुख्ने औषधि सकेसम्म प्रयोग गर्नुहुन्न । लामो समयसम्म नदुख्ने औषधिको प्रयोग गर्नेहरुले आफ्नो मिर्गौला, कलेजो, मुटु आदिको जाँच गरेर त्यसको असर भए नभएको पत्ता लगाउनुपर्छ । 

नदुख्ने औषधिमध्ये पारासिटामोल सबैभन्दा बढी सुरक्षित मानिन्छ । तर पनि यो औषधि पनि कलेजोका रोगीका लागि हानिकारक हुन सक्छ । मुटु रोगीहरु र विशेष गरेर एन्जिओप्लाष्टी गरेका बिरामीले एउटा पनि नदुख्ने औषधि खानुहुन्न । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts