विकलाङ्ग बालबालिकाको सेवाको कदरमा डा बाँस्कोटा पुरस्कृत

What's This?


Download our app to get more features

काठमाण्डौ, ५ जेठ । विकलाङ्ग बालबालिकाको जीवनमा स्वास्थ्य तथा सामाजिक पुनःस्थापनाद्वारा गुणस्तरीय सकारात्मक परिवर्तन गरेबापत प्रा डा अशोक बाँस्कोटा वल्र्ड अफ चिल्रेन अलुम्नी २०१६’ बाट पुरस्कृत भएका छन् । 

एकतीस वर्षदेखि विकलाङ्ग बालबालिकाको उपचार एवम् उनीहरूलाई समाजमा पुनःस्थापना गर्न  योगदान गरेको भन्दै अमेरिकी संस्था वल्र्ड अफ चिल्रेन इन्कले डा बाँस्कोटालाई रु ३९ लाख राशिको नगद पुरस्कार प्रदान गरेको हो ।

एकतीस वर्षअघि काभ्रेको जनगालस्थित अधिकारी गाउँमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना गरेर विकलाङ्ग बालबालिकाको उपचारमा खटिएका डा बाँस्कोटाले आज यहाँ आयोजित एक कार्यक्रममा पुरस्कारबाट समाजमा थप योगदान गर्न प्रेरणा मिलेको बताए ।

डा बाँस्कोटाले स्थापना एवम् सञ्चालन गरेको उक्त केन्द्रले हातखुट्टा टेकेर घिस्रने हुन् वा दुर्घटनामा परी घुँडा भन्दामुनिको भाग गुमाएका बालबालिका सबैलाई शल्यक्रिया एवम् अन्य उपचारका माध्यमबाट सेवा दिने गरेको छ । 

कार्यक्रममा दिइएको जानकारीअनुसार केन्द्रले हालसम्म ६७ हजार ६१७ जना विकलाङ्गको उपचार गरी समाजमा पुनःस्थापना गरिसकेको छ भने भूकम्पमा परी घाइते भएका र हाडजोर्नीसम्बन्धी समस्याबाट पीडित २० हजार बालबालिकाको बितेको एक वर्षमा उपचार गरेको छ ।

त्यसैगरी डा बाँस्कोटा नेतृत्वको चिकित्सक टोलीले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेका स्वास्थ्य शिविरबाट ४५ हजार २०० सय सर्वसाधारण लाभान्वित भएका थिए । रासस

Last modified on 2016-05-18 13:13:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts