के हो अजिनामोटो ? यसका बेफाइदाबारे जान्नुहोस्
सेतो तथा चम्किलो देखिने मोनोसोडियम ग्लोटामेट अर्थात अजिनामोटो भान्सा स्वादिलो बनाउने रासायनिक तत्व हो ।
जसलाई विज्ञानको भाषामा सोडियम सल्ट पनि भनिन्छ । खासगरी चाइनिज खानामा प्रयोग गरिने यो चम्किलो रासायनिक तत्व अजिनामोटो दक्षिण एसियाली खानामा पनि अत्याधिक प्रयोग हुन थालेको छ । नेपालमा पनि बाहिर पाक्ने अधिकांश खानामा यसको प्रयोग प्रशस्त गर्ने गरिन्छ । अझ कतिपय नेपालीले त अजिनामोटोलाई नियमित मसलाको रुपमा भान्सामा प्रयोग गरिरहेका पनि भेटिन्छन् ।
स्वाद बढाउनका मसलाका रुपमा प्रयोग गरिने अजिनाले वास्तवमा स्वाद बढाउने नभई हाम्रा स्वाद ग्रन्थ्रीमा दबाब दिई खानाको नमिठो स्वाद बिर्साइदिने दिने जस्ले नमिठो खाना पनि मिठो लाग्ने पतञ्जलीका आचार्य बालकृष्ण दाबी गर्छन् । खासगरी खाद्यान्नको नमीठोपन तथा खराब पक्ष जबर्जस्ती दबाउनका लागि अजिनमोटो प्रयोग गरिने उनको ठोकुवा छ । अजिनामोटो स्लो पोइजन भएको र लागुपदार्थ जत्तिकै हानिकारक भएको विज्ञहरुले बेलाबेलामा बताउँदै आएका छन् ।
अजिनाको प्रयोग भएको भन्दै छिमेकी देश भारतमा त मःमः प्रतिबन्ध अभियान नै शुरु गरिएको छ ।
अजिनामोटोको सेवनले हाम्रो शरीरमा विभिन्न नकारात्मक असर गर्ने चिकित्स्कहरु बताउँछन । वास्तवमा अजिना किन खानुहुँदैन ? यस्ता छन् कारणहरु :
- अजिना सेवनले शरीरमा पानीको मात्रा कम बनाइदिन्छ ।
- अनुहार सुन्निने, खुट्टाका माँशपेशी बाउँडिने गर्छ ।
- यसको प्रयोगले विस्तारै टाउको दुख्ने समस्या निम्ताउने चिकित्सकहरु बताउँछन् ।
- लगातारको प्रयोगले यसले मानसिक समस्या पनि उत्पन्न गराउनसक्छ ।
- अजिना एकप्रकारको एसिड नै भएकाले पेट तथा घाँटी पोल्ने हुनसक्छ ।
- हड्डीलाई विस्तारै कमजोर बनाउँदै लैजाने कालान्तरमा हड्डी बाङगिने तथा धुल्लिने रोग लाग्न सक्छ ।
- उच्च रक्तचाप भएका व्यक्तिले त झन अजिना रत्ति पनि सेवन गर्न नहुने चिकित्सकहरु बताउँछन् ।
यसो गरे फाइदा ।
- बजारमा पाइने जंकफूडमा अत्याधिक अजिनमोटो प्रयोग हुने भएकाले यस्ता खानेकुरा खाँदै नखाने ।
- जंकफूड मात्र नभएर घरभन्दा बाहिर पकाइने विशेषगरी तरकारीजन्य खानामा स्वादका लागि भन्दै अजिना प्रयोग गरिने भएकाले बाहिर पकाएका खानेकुरा नखाने ।
- फलफूल तथा घरमै पकाएको खाना खान जोड दिने ।