चिकित्सक भेट्नै मुस्किल



Download our app to get more features

मोरङ,५ चैत्र । कोसी अञ्चल अस्पतालमा चिकित्सक र कर्मचारी नियमित नबस्दा अस्तव्यस्त बनेको छ । चिकित्सक नभेटेर उपचारका लागि आउने बिरामी मर्कामा परेका छन् ।

दरबन्दीका चिकित्सक र कर्मचारी अधिकांश आ–आफ्ना निजी अस्पताल र क्लिनिकमा बस्ने भएकाले बिरामीले सास्ती खेप्नुपरेको हो ।

अस्पतालमा चिकित्सक र कर्मचारी नबस्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरेको छ । यसक्रममा एकै दिन ३ सय अनुपस्थित रहेको पाइएको थियो । विशेषज्ञ चिकित्सकदेखि तल्लो स्तरका कर्मचारीहरू अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । अस्पताल प्रशासनको मिलेमतोमा चिकित्सक रकर्मचारीहरू पालैपालो अनुपस्थित रहने गरेको अस्पताल स्रोतको भनाइ छ । चिकित्सकहरू आ–आफ्ना निजी क्लिनिक र अस्पतालमा व्यस्त रहने गरेकाले अस्पतालमा अनुपस्थित देखिएको एक कर्मचारी बताउँछन् ।

(आजको कान्तिपुर दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts