फूड पोइजनिङ भए के गर्ने ?
दुषित भोजनको सेवनबाट हुने समस्या हो फूड पोइजनिङ । यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सकिन्छ ।
फूड पोइजनिङको सामान्य लक्षणहरु वान्ता हुनु, वाकवाकी लाग्नु, मुखमा अमिलो पानी आउनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।
फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया वा जुस पिउनु पर्दछ । यसले तपाईंको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ ।
फूड पोइजनिङबाट बच्न यि कुरामा ध्यान दिनुपर्छः
मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउनुहोस् ।
नरम खाद्य पदार्थ सेवन गने । जस्तैः भात, केरा, टोस्ट आदी ।
मसलेदार, अत्याधिक चिल्लो र उच्च फ्याटयूक्त खानेकुरा नखानुहोस् ।
आफ्नो खानामा प्रोबायोटिक्स् समाबेस गर्नुहोस, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।
हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खानुहोस् ।
सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।
यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकसँग परामर्श गरेर औषधि सेवन गर्नुपर्दछ ।