डा. केसी 'पर्ख र हेर' को अवस्थामा

What's This?


Download our app to get more features

स्वास्थ्य शिक्षामा व्याप्त राजनीतिकरण हटाई गुणस्तरीय शिक्षा प्रणाली बसाउने उद्देश्य सहित पटक पटक आमरण अनशन बस्नुभएका चिकित्सक गोविन्द केसीले आफ्नो पूर्वघोषित अनसनको कार्यक्रम पुनः स्थगित गर्नुभएको छ ।
मनमोहन मेडिकल कलेजका सञ्चालकहरुले विवादास्पद प्रतिष्ठान सम्बन्धी विधयेक संसदबाट पारित गराई कलेज चलाउने तिकडम अपनाएपछि केसीले १ महिना अघिनै 'चोरबाटो' अपनाए फागुन १६ गतेबाट अनसन थाल्ने घोषणा गर्नुभएको थियो । व्यापक जनविरोध र माथेमा कमिटिले सुझाए अनुरुप कलेजका लगानीकर्ताहरु कलेजनै सरकारलाई बेच्ने निर्णयमा पुगेको बुझिएको छ । कलेजले सम्बन्धन नपाउने सम्भावना बढेसँगै केसीले पर्ख र हेरको नीति अख्तियार गरी केही दिन अनसनमा नबस्ने निर्णय गरेको शिक्षण अस्पताल स्रोतले जनाएको छ । 
 

Last modified on 2016-03-01 17:22:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts