यौन सम्पर्कका विषयमा महिलामा उठ्ने ६ प्रश्न र उत्तर



Download our app to get more features

संसारका हरेक महिलाको मनमा यौनका विषयमा कुनै न कुनै जिज्ञासा वा भावना हुन्छ नै ।

तर समाजिक परिवेशका कारण उनीहरू आफ्ना भावना र जिज्ञासाको जवाफ खोज्न सकिरहेका हुँदैनन् । महिलाले पनि यो सोच्न जरुरी छ की यौनसँग जोडिएका कुनै पनि प्रश्न वा जिज्ञासा कसैसँग सोध्न कुनै अप्ठयारो वा संकोच मान्नै पर्दैन किनकी यो प्राकृतिक विषय हो । यहाँ महिलाका मनमा बारम्बार आइरहने यौनसँग जोडिएका ६ प्रश्नको विषयमा चर्चा गर्ने प्रयास गरिएको छ । 

के मेरो पाटर्नर नक्कली यौनसामाग्री प्रयोग गर्ने गर्छ ?
नक्कली यौनाङ्ग महिलाले मात्र प्रयोग गर्छन् भन्ने जनमानसमा छाप छ । तर, नक्कली यौनङ्ग प्रयोग गर्न पुरुषहरू पनि पछि पर्दैनन् । सन् ०१६ मा सेक्ुसुअल एण्ड रिलेसनसिप थेरापी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार उत्तर अमेरिकाका ३० प्रतिशत पुरुषले नक्कली यौनाङ्ग प्रयोग गरेको स्विकार गरेका थिए ।
पुरुषले नक्कली यौनाङ्ग किन प्रयोग गर्छन होला भन्दा आउने जवाफ र महिलाले पनि किन प्रयोग गर्छन भन्ने प्रश्नको जवाफ एकै छ ।  यौनान्द र तनाव दूर गर्न । 

मलाई मलद्वार यौनक्रिया पनपर्छ, के यसलाई सामान्य भन्न सकिन्छ ?
हो, यो यौनक्रिया पूर्णतया सामान्य क्रिया हो । यो तथ्य जानेर तपार्इंलाई अचम्म लाग्न सक्छकी जुन महिलालाई मलद्धार यौनक्रिया मन पर्छ उसलाई नक्कली यौनाङ्गमा सेक्स गर्न पनि मन पर्छ । मलद्वार वरपरको क्षेत्र बढी संवेदनसिल हुने भएकाले पनि यसको अनुभव बटुलेकाहरूले यो यौनक्रियामा भरपुर आनन्द उठाउँन सक्छन् ।
 
के यौनक्रियाका बेला मेरो पाटर्नरले मेरो अन्तरगर्भाशयको महसुस गर्न सक्छ ?

हुनत यौनक्रियाका क्रममा अन्तरगर्भाशयमा पाटर्नरद्वारा महसुस हुनुमा कुनै खतरा हुँदैन् । तर पनि कुनै कठिनाई वा खतरा जस्तो महसुस हुन्छ भने जोडीले चिकित्सकको सल्लाह लिन जरुरी छ । चिकित्सकका अनुसार यसरी अन्तरगार्भायको यन्त्रमा पुरुषको लिङग छोइनु वा छोइएको महसुस हुनुमा उपयुक्त तालमेल नमिल्नु नै हो । यदि पाटर्नरको लिङ्ग धेरै संवेदनशिल खालको छ भने पनि सो पुरुषले अन्तरगर्भाशयको यन्त्र छोइएको अनुभव गर्न सक्छन् ।

के यौनक्रियाका क्रममा योनीबाट आवाज आउनु सामान्य हो ? 
यौनक्रियाका क्रममा योनीबाट आउने आवाजलाई फाट्स भनिन्छ । यो आवाज आउन कुनै पनि खतराको लक्षण नभई सामान्य प्रक्रिया हो । बरु यौनसम्पर्कका बेला यस्तो आवाज आएन भने असामान्य मान्नुपर्छ । यौनक्रियाका बेला बाहिरको हावाभित्र पस्ने र फेरी बाहिर निस्कने प्रक्रिया हुने भएकाले आवाज आउँछ नै । यसलाई लिएर कुनै प्रकारको लज्जा महशुस गर्नु आवश्यक छैन । 

सातामा ५ पटकसम्म हस्तमैथुन गर्न मिल्छ ?
हस्तमैथुनले कुनै नकारात्मक असर गर्नु त परको कुरा हो यसले झनै स्वस्थ र सक्रिय बनाउन मद्दत गर्छ । सन् २००९ मा नेशनल सर्वे अफ सुेक्ुसुअल हेल्थ एण्ड बिहेबियरले गरेको अध्ययनमा करिब ३ प्रतिशत महिलाले सातामा तीन पटक वा यो भन्दा बढी हस्तमैथुन गर्ने गरेको भेटिएको छ । पुरुषको तुलनामा महिलाले धेरै कम मात्रामा हस्तमैथुन गर्ने गर्छन् । यसको ठोस कारण पत्ता नलागेपनि हस्तमैथुनले स्वास्थ्यलाई नकारात्मक नभई सकारात्मक प्रभाव पार्नेमा दुईमत छैन । 

मलाई युवतीको पोर्न फिल्म देख्दा उत्तेजना आउँछ ?
युनिभर्सिटी अफ रोटरीले मेन्टल हेल्थका सम्बन्धमा हालै गरेको अध्ययनमा प्रष्ट पारेको की महिला बिपरीत लिङ्गीको पोर्न फिल्म मात्र नभएर युवतीकै पोर्न फिल्म हेर्दा पनि उत्तेजना आउने गर्छन  । 
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-02 10:53:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts