दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने

२४ घण्टामा १० जनाको मात्रै नमूना संकलन 



Download our app to get more features

काठमाडौं, ३० फागुन ।यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने भएको छ ।

फरेन्सिक मेडिसिन विभागसंग भएको सिमित स्रोत साधनले काम गर्न असहज हुने भएकाले पोष्टमार्टमको रिपोर्ट आउन कम्तिमा पनि पाँच दिन लाग्ने भएको हो ।यूएस बंगला एयरलाइन्सको विमान सोमबार अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएका ४९ जनाको शव सनाखतका लागि पोष्टमार्टम गर्न महाराजगञ्जमा रहेको फरेन्सिक मेडिसिन विभागमा राखिएको छ ।

नर्भिक अस्पतालमा उपचाररत विमानका पाइलट अबिद सुल्तानको पनि मंगलबार मृत्यु भएको छ । विभागका प्रोफेसर डाक्टर हरिहर वस्तीले सिमित स्रोत र साधनका बीच काम गर्नुपर्ने भएकाले रिपोर्ट आउन केहि दिन समय लाग्ने बताए । विभागमा भएका १३ जना कर्मचारीले सोमबार राति देखि निरन्तर पोष्टमार्टमका लागि नमूना संकलनको कार्य गरिरहेका छन् । 

डा. वस्तीका अनुसार विभागले सोमबार राति देखि मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझिरहेको छ । विवरण बुझ्ने, त्यसबमोजिम पोस्टमार्टम गर्ने र परिवारका सदस्यलाई जिम्मा लगाईने छ, त्यसका लगि केही दिन लाग्ने छ, वस्तीले भने । सबैको  विवरण बुझेपछि फरेन्सिक मेडिसिन विभागले पोष्टमार्टमको रिपोर्ट परिवारका सदस्यलाई हात लगाउने छ । 

जम्मा १४ वटाको मात्रै विवरण संकलन 
सहजताका लागि क्रमैसंग विवरण संकलनको कार्य विभागले गरिरहेको छ । एउटा शवको नमूना संकलनमा तीन घण्टा सम्म समय लाग्ने भएपछि सोमबार राति देखि चिकित्सकहरुले १० वटा मात्रै शवको नमुना संकलन कार्य सम्पन्न गरेका छन् । ‘स्रोत साधनको अभावले  काममा गंभिर समस्या देखिएको छ, चिकित्सकले भनेका छन’, ‘विभागले पटक पटक सरकारलाई आवश्यक सहयोग गर्न आग्रह गरेपनि फरेन्सिक  मेडिसिन विभाग सरकारको नजरमा नपर्दा थप समस्या देखिएको हो ।’

पोष्टमार्टमका लागि सबै भन्दा सजिलो दाँत र औलाको छाप आवश्यक हुन्छ । उनले नभएको खण्डमा औठी, सिक्रि, लुगा, जुत्ता जे भएपनि दिएको खण्डमा सनाखतमा सहजता आउने चिकित्सक बताउछन् । हामीले शवका सेम्पल भेट्छौं तर, परिवारका सदस्यले शवसंग तुलना गर्ने सेम्पल हामीलाई दिन सकेका छैनन यसले पनि थप समस्या  देखिएके हो, वस्तीले भने ।

शवको नमूना खोज्दै चिकित्सक
कम्तिमा ४० शवहरु चिन्न नसक्ने गरी जलेका छन् । सबै भाग जलेकाले कोठी र दागहरु खोज्न चिकित्सकलाई असहज भएको छ । विभागका अनुसार अहिले सम्म यूएस बंगला एयरलाइन्सका कर्मचारीहरु कर्मचारीको प्रमाण लिएर उपस्थित भएका छैनन । उनिहरुले सम्पूर्ण विवरण नदिदा कसकसको शव पोष्टमार्टममा छन् जानकारी छैन । 

पाँच दिनमा सके ठुलो उपलब्धी 
विभाग सबै किसिमका सामानको अभावमा गुज्रीरहेको छ । विभागमा भएको स्रोत साधनको प्रयोग गरेर पाँच दिनमा रिपोर्ट तयार गर्नु ठुलो उपलब्धी हुनेछ । डा. वस्तीले भने, वैज्ञानिक तवरले काम गर्ने, गर्न नसक्ने कुरा के गर्न सकिन्छ सल्लाह दिने काम पाँच दिनमा दिन सकियो भने यो सबैभन्दा ठुलो उपलब्धी हुने छ ।

(आजको नयाँपत्रिका दैनिकबाट)
 

Last modified on 2018-03-14 11:13:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts