गोली लागेका घोडाघोडीका मेयरको अवस्था खतरा मुक्त 



Download our app to get more features

काठमाडौं, २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । 
सोमबार राती अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट गंभिर घाईते भएका चौधरीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको हो ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि सोमबार राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको परिवारका सदस्यले बताए । उनको कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।चिकित्सहरुका अनुसार मेयरकोे अवस्था खतरामुक्त रहेको छ । 

पेस्तोल देखाउँदै भागे
तीन मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से.२ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
‘बन्दुक पड्किएकोजस्तो आवाज सुनियो, के भएको हो भनी बाहिर आएर हेर्दा मेयरले मलाई बचाऊ भन्नुभयो,’ छिमेकी विशाल पाण्डेयले भने । मेयरले ‘म बाँच्छु, मलाई अस्पताल लैजाऊ’ भनेपछि स्कुटरमा राखेर अस्पताल र्पुयाएको पाण्डेयले बताए ।

( नयाँ पत्रिका दैनिकबाट )
 

Last modified on 2018-03-13 09:54:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts