लक्षण नै नदेखाइ हुनसक्छ मधुमेह



Download our app to get more features

रगतमा चिनीको मात्रा बढ्नुको कारण इन्सुलिन भनिने शरीरमा पाइने तत्वको उत्पादन नै हुदैन । अथवा उत्पादन भए पनि त्यसले राम्रोसँग काम गर्दैन । यो अवस्थालाई मधुमेह अथवा चिनी रोग भनिन्छ । मधुमेह दुई प्रकारका छन् । 

१) प्रकार एक मधुमेह 
शरीरमा इन्सुलिन उत्पादन नभएर हुने मधुमेहलाई टाइप वान डाइबिटिज मेलाइटस भनिन्छ ।
–    यस्तो रोग बच्चाहरूमा बढी देखिन्छ ।
–    यो रोग २०–४० वर्षको व्यक्तिहरूमा पनि देखिन्छ । 
–    कुल मधुमेहको ५ प्रतिशत मात्र प्रकार एक मधुमेह हुन्छन् ।
–    यो अचानक देखिन्छन् ।

२) प्रकार दुई मधुमेह :
–    शरीरमा इन्सुलिन उत्पादन भए पनि राम्रोसँग काम नगर्ने मधुमेह प्रकार दुई हो । 
–    यस्ता मधुमेहलाई टाइप टु डाइबिटिज मेलाइटस भनिन्छ ।
–    यो मधुमेह बयस्क खासगरी ४० वर्ष नाघेका व्यक्तिमा देखिन्छ ।

मधुमेहका लक्षण :
–    तिर्खा धेरै लाग्नु
–    भोक धेरै लाग्नु
–    छिनछिनमा पिसाब लाग्नु । बच्चाहरूले ओछ्यानमै पिसाब गर्नु ।
–    तौल बढ्दै जानु ।
–    आलश्य, थकान वा कमजोर हुनु । 
–    दृष्टि धमिलो हुनु ।
–    हात खुट्टा झमझमाउनु ।
–    घाउचोट निको हुन धेरै समय लाग्नु । 
–    कतिपय मानिसमा लक्षण नै नदेखिन पनि सक्छ । 

मधुमेहको पहिचान:
रगतमा चिनीको मात्राको जाँच 
फास्टिंग (Fasting)
पोस्ट प्रान्डिल (Post Prandial)
एचबीए वान सी (HBA1C)
केही विशेष परीक्षण जसले प्रकार एक र प्रकार दुई छुट्याउन मद्दत गर्छ । जस्तै: जिएडी एन्टीबडिज(GAD Antibody), सी पेप्टाइड (C-PEPTITED)
साथै मधुमेहले अरु महत्वपूर्ण अंगमा क्षति पुर्याएको छ/छैन भनेर आरएफटी (RFT), लिपिड प्रोफाइल (LIPID Profile), युरिन रुटिन, युरिन माइक्रोएल्बोमिन (Urine Microalbumin) को पनि जाँच गरिन्छ ।

उपचार : 
–    खानपानमा व्यवस्थापन
–    नियमित व्यायाम
–    औषधि उपचार
–    नियमित जाँच तथा परामर्श
–    तनावबाट मुक्त रहने

प्रकार एक मधुमेहको उपचार इन्सुलिनबाट मात्रै हुन्छ । यसमा खाने औषधिको खासै भूमिका हुँदैन ।
हामीले मधुमेहलाई नियन्त्रणमा राख्यौं भने यो रोगबाट हुने दीर्घकालीन असरबाट आँखा, मिर्गौला, मुटु, खुट्टा, नशा आदिलाई जोगाउन सक्छौं ।

Last modified on 2018-03-16 14:52:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts