'समय अगावैको जन्म' नवजात शिशुको मृत्युदर घटाउन बाधक

What's This?


Download our app to get more features


काठमाण्डौ, २६ फागुन । सन् २०३० सम्म नवजात शिशुको मृत्युदर प्रतिहजार १० मा झार्ने सहस्राब्दी विकास लक्ष्य पूरा गर्न उमेर नपुगी जन्मिएका बच्चाहरुलाई जोगाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

राजधानीको शंकर होटलमा जारी मातृशिशु समाजको एघारौं सम्मेलनका क्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाण्डौ मेडिकल कलेजका सहप्राध्यापक एवं नवजात शिशु विशेषज्ञ डा. सुनिलराजा मानन्धरले नेपालमा जन्मने बच्चामध्ये ३० प्रतिशत उमेर नपुगी जन्मने तथ्य प्रस्तुत गरे । 

नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार उमेर नपुगी जन्मने शिशु जोगाउन मुश्किल छ । मुलुकका अधिकांश क्षेत्रमा एनआइसियुको सुविधा नहुनु, विशेषज्ञ जनशक्तिको अभाव हुनु लगायतका कारण यसअघि २०१५ मा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्य सरकारले पूरा गर्न सकेन । 

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा. मानन्धरले नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रममात्र पर्याप्त नभएको तर्क गरे । उमेर नपुगी जन्मने बच्चामध्ये ५ प्रतिशतलाई जोगाउनका लागि सर्फक्ट्यान्ट नामक औषधिको आवश्यक पर्छ । जुन नेपालका निम्नमध्यम वर्गले धान्न सक्दैनन् । यो औषधिमा अझै युरोपको भर पर्नुपर्छ । नवजात शिशुको जीवन रक्षाका लागि यस्ता अतिआवश्यक औषधि सर्वसुलभ बनाउन पनि उनले सरकारसँग माग गरेका छन् । 

नेपालको नवजात शिशु मृत्युदर हाल प्रतिहजार २१ रहेको छ । सन् २०१५ मा अन्य सहस्राब्दी विकास लक्ष्य पूरा भएपनि यो भने पूरा हुन सकेको थिएन । कार्यपत्र प्रस्तुत गर्दै डा. सुनिलराजा मानन्धरले हरेक गर्भवतिले विशेषज्ञसँग जचाँउन पाउनुपर्ने भन्दै गाउँगाउँमा सुरक्षित र गुणस्तरीय जाँचको प्रबन्ध मिलाउन सरकारलाई अपिल गरे । 

Last modified on 2018-03-11 07:38:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts