नारी दिवसको अवसरमा निदान अस्पतालले गर्यो निःशुल्क स्वास्थ्य परीक्षण 



Download our app to get more features

काठमाडौ २४ फागुन । विश्व मिगौला दिवस र अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा निदान अस्पतालले महिला जनचेतनामुलक कार्यक्रम गरेको छ । 

कार्यक्रममा नेफ्रोलोजी र स्त्री रोग सम्बन्धि परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. स्वराज  भण्डारीले महिलामा गर्भावस्थामा आउने समस्या र न्युनिकरणका बारेमा जानकारी गराएकी थिइन् । 

कुमारीपाटी ,कुपन्डोल ,पुल्चोक ,जाउलाखेल गरी एकसय ४५ जना महिलाहरु कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा अस्पतालले अल्ट्रा साउन्डमा ३० प्रतिशत, पाठेघरका जाँचमा ३० प्रतिशत र मिर्गाैलाका बिरामीलाई विशेष छुटको व्यवस्था गरिएको थियो । 

Last modified on 2018-03-08 21:01:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts