नेशनल हस्पिटलमा निःशुल्क मिर्गौला परीक्षण हुँदै



Download our app to get more features

काठमाडौं, २२ फागुन । नेपाल नेशनल हस्पिटलले विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क मिर्गौला परीक्षण शिविरको आयोजना गर्ने भएको छ ।

यहि २३ देखि २९ फागुनसम्म अस्पताल परिसरमै मिर्गौला परीक्षण शिविर राख्ने हस्पिटलले जनाएको छ । शिविरमा नेफ्रोलोजिस्टहरुद्वारा परामर्श, ब्लड सुगर परीक्षण, ब्लड प्रेसर, बिएमआई र युरिन डिप स्टिकको निःशुल्क जाँच हुने हस्पिटलले जनाएको छ । साथै ल्याब परीक्षणमा १० देखि ३५ प्रतिशत र औषधिमा ५ देखि १० प्रतिशतसम्मको छुट दिने जनाइएको छ ।

शिविर बिहान ८ देखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

यसैगरी हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिर्गौला र महिला स्वास्थ्य सम्बन्धी शिविरको पनि आयोजना गर्ने भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts