३० करोडमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवन बन्दै



Download our app to get more features

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको नयाँ एनेक्स भवनको शिलान्यास गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार त्रिवि शिक्षण अस्पतालमा निर्माण गर्न लागेको एनेक्स भवनको शिलान्यास गरेका हुन् । 

अस्पताल परिसरमा २३ आना जग्गामा उक्त एनेक्स भवन बन्दैछ । १९ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए । समयमै निर्माण सम्पन्न गरेर सेवा विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको डा श्रेष्ठले बताए । 

सेन्टरको लागि विशेषज्ञसहितको आवश्यक जनशक्ति तयारी गर्नको लागि सरकारबाट अग्रिम पहल गर्नुपर्ने निर्देशक डा श्रेष्ठको भनाइ छ । नयाँ भवनमा अरु सुविधाको साथै ४० वटा बेड थपिनेछन् । त्यसमध्ये एउटा suite हुनेछ । जसमा अति विशिष्ट व्यक्तिहरुको उपचार हुनेछ । Hybrid Operation Theatre नयाँ सोच अनुसार निर्माण हुनेछ । जसमा Cath Procedure र शल्य चिकित्सा एकैपटक गर्न सकिन्छ । भौतिक संरचना निर्माणको लागि नेपाल सरकारबाट ३० करोड रुपैया विनियोजन गरेको छ । सेन्टरमा विरामीको संख्या चाप बढ्नुले मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्नलागेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । 

८ बर्षअघि पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको स्थापना भएको थियो । सेन्टरले एकबर्षभित्रमा विरामीको १३ करोडको निशुल्क उपचार गरेको छ भने ६ करोड नाफा गरेको निर्देशक डा श्रेष्ठको भनाइ छ । 

सेन्टरमा पीएचडी सरहको मेडिसिन पढाइ र अनुसन्धानात्मक कार्यहरु समेत हुँदै आएको छ । 

एनेक्स भवनको डिजाइन

 

Last modified on 2018-03-03 14:43:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts