नेपालका डाक्टर बंगलादेशमा सम्मानित



Download our app to get more features

काठमाडौं, १६ फागुन । नेपाल नेशनल अस्पतालमा कार्यरत डक्टर सुमन विक्रम अधिकारी बंगलादेशमा सम्मानित भएका छन् । 

बंगलादेशको एकमात्र पोस्ट ग्रेजुएट बंगबन्धु मेडिकल युनिभर्सिटिबाट सर्जरी डिपार्टमेन्टका लागि सर्वोत्कृष्ट सर्जनको रुपमा प्राइम मिनिस्टर गोल्ड मेडलबाट डा.अधिकारीलाई सम्मानित गरिएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनलाई मेडल लगाई दिएकी हुन् । 

अधिकारीलाई बंगलादेशको चिकित्सा क्षेत्रकै सम्पूर्ण शल्य डिपार्टमेन्टमध्येको सर्वोत्कृष्ट ठहर्याउँदै सो सम्मान गरिएको हो।

अधिकारी एक वर्षदेखि नेपाल नेशनल हस्पिटलमा बाल शल्य चिकित्सकका रुपमा कार्यरत छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts