नोबल अस्पतालमा दुर्लभ रोगको सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, ११ फागुन । विराटनगरको नोबल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरेको छ । 

सुनसरीको इनरुवा ३ बस्ने ४२ बर्षीय हिरा आचार्यको एनयूरिजम र ब्रेन ट्युमरको एकैसाथ सफल शल्यक्रिया गरेको हो । आचार्यको मस्तिष्क भित्रको नसामा बनेको रगतको पोका फुटेको थियो भने उनलाई ब्रेन ट्युमरको समस्या भएको थियो । 

यस्ता शल्यक्रिया दूर्लभ र जटिल मानिने चिकित्सकको भनाइ छ । अस्पतालले आचार्यको उपचारमा अत्याधुनिक न्यूरो सर्जरीका प्रविधिहरु इन्ट्राअपरेटिभ एमआरआइ र आइ सेभेन नेभिगेशन उपकरणको सहायतामा सफल शल्यक्रिया गरेका हुन् ।  

आचार्यलाई लागेको रोग निकै दुर्लभ र जटिल मानिन्छ । ब्रेन ट्युमरभित्र एनयूरिजमको समस्या विश्वमै हालसम्म १ सय ७६ जनामा मात्रै रहेको छ । अस्पतालका न्यूरो सर्जन डा. प्रकाश काफ्लेले आचार्यको दुबै रोगको दूर्लभ शल्यक्रिया सफल भएकोमा  खुशी व्यक्त गरे ।  

आचार्यको उपचार डा आइपी चेरियन, प्रोफेसर जुहा एन्टेरो हर्नेशनेमी, डा.प्रकाश काफ्ले, डा. सुनिल मुनाकोमी, डा.भ्लादिमिरोभिज सर्गे, डा. फिट्री सुमार्दी, डा दीपक पौडेल, डा. विजय केसी लगायत चिकित्सकले गरेका हुन् । 

एनयूरिजमको समस्याले विरामीको ज्यान जाने खतरा बढी हुन्छ । त्यसमध्ये ब्रेन ट्युमरभित्रको एन्यूरिजम निकै खतरा हुने उपचारमा संलग्न चिकित्सक डा.आइपी चेरियनले बताए ।  

अस्पतालले न्यूरोको उपचारको लागि विदेशबाट आयातित अत्याधुनिक उपकरणको र सिएमसी भेलोरको प्रयोग गर्दै आएको छ ।
 

भिडियो हेर्नुहोस् । 

 

Last modified on 2018-02-24 08:33:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts