सुरु मै उपचार गरे औषधिले नै ठिक हुन्छ पायल्स

(भिडियोसहित)



Download our app to get more features

पायल्सको समस्या धेरैलाई हुनसक्छ । तर, मलद्वारमा हुने रोग भएकाले अन्य रोग जसरी सहजै खुलेर भन्न हिचकिचाउने गर्छन । पायल्स के हो र कसरी बच्न सकिन्छ भनेर जनरल सर्जन डाक्टर डा. रोशन घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :—

सामान्य भाषामा भन्दा दिसा गर्दा मलद्वारबाट रगत बग्नुलाई पायल्स भनिन्छ । तर, दिसा गर्दा रगत आयो भने त्यो पायल्सकै कारण हो भन्न सकिदैन् । अन्य रोगका कारण पनि मलद्धारबाट रगत बग्ने गर्छ । मानिसको शारीरिक वनावटका कारण पनि पायल्स हुन सक्छ । मलद्वारनिर वा दिशा निस्कने ठाउँनिरको यानल क्यानलमार्फत दिसा बाहिर निस्कन्छ । कुनै पनि कारणले यानल क्यानलका नशाहरू सुन्निएर बसेको अवस्थालाई पायल्स भनिन्छ । 

पायल्स भएमा प्रमुख समस्या भनेकै दिसा गर्न गाह्रो हुने हो । दिसा गर्ने क्रममा यानल क्यानलका नशाहरु सुन्निएका हुँदा सहजै बाहिर दिसा जान पाउदैन । त्यस अवस्थामा कन्नु वा बल गर्नु पर्ने भएकाले ती नसामा अझ बढी घर्षण पैदा हुन्छ र दुख्नुका साथै रगत देखा पर्छ ।
 
कारण
पायल्स हुने प्रमुख कारण भनेकै कब्जियत हो । यसको साथै माछा मासु बढी खानु सागसब्जी कम खानु, प्रशस्त पानी नपिउनु । शारीरिक बनावट । तल्लो पेटमा ट्युमर पलाउनु, मलद्वारको नशा सुन्निदा पायल्स हुन सक्छ । 

लक्षण 
पायल्सको मुख्य लक्षण दिसा गर्दा नदुखी रगत जानु हो । लामो समय भए मलद्वारद्वारा मासुको डल्लो बाहिर निस्कने र बस्न हिडहुल गर्न गाह्रो हुने हुन्छ ।  पायल्स हुँदा मात्र रगत नजाने भएकाले यस्तो समस्या देखिनासाथै चिकित्ससँग परामर्श लिनुपर्छ । 

उपचार विधि 
पायल्स कुन स्टेजमा छ सोही अनुसार उपचार गरिन्छ । सुरुवाति चरणमा भए सामान्य उपचार वा औषधिले निको हुन्छ । तर लामो समय भएको भए शल्यक्रिया गर्नु पर्ने हुनसक्छ ।  यो कुनै ठुलो रोग हैन् । तर लापर्वाही गरे दैनिक जीवनमा अप्ठयारो पर्न सक्छ । 

यसरी बचौं 
पायल्स हुन नदिने सबै भन्दा उत्तम उपाय भनेको कब्जियत हुनबाट बच्ने नै हो । साथै सागसब्जी प्रशस्त खाने, पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने, गर्भवती महिलाले बिशेष ध्यान दिने गर्नुपर्छ । यदि कुनै पनि लक्षण देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-23 10:08:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts