कागुनोको भात खानुको असिमित फाइदा
कागुनी अथवा कागुनो (गुरुङ भाषामा कावनु) एक प्रकारको अन्न हो । कागुनो प्राय: फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो ।
यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । यसको अन्नपूर्ण क्षेत्रतिर हुन्छ ।
ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।
विशेषता
कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ ।
रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।
(नारी म्यागजिनबाट)
Last modified on 2018-02-17 11:25:11