शल्यक्रिया गरे निको हुन्छ छारे रोग

(भिडियोसहित)



Download our app to get more features

छारे रोग सामान्य रोग हो । समयमै सही तरिकाले यसको उपचार गरे सदाको लागि छारे रोग निको पार्न सकिन्छ । हाम्रो समाजमा छारे रोग बारे अझै पनि धेरै भ्रम छ । जसका कारण छारे रोगलाई पूर्वजन्मको पाप जस्तो गलत संज्ञा दिने गरिन्छ । तर छारे रोग पाप वा धर्मसँग सम्बन्धित छैन । छारे रोग शल्यक्रियामार्फत सहजै निको हुने बताउँछन न्युरो सर्जन डा. समिर आचार्य । छारे रोगको उपचारबारे डा. आचार्यको भनाइ यस्तो छ ः—

छारे रोग मस्तिष्क सम्बन्धी रोग हो । यो धेरै प्रकारको हुन्छ । छारे रोग लागेपछि मानिसको मस्तिष्कमा अधिक विद्युत तरंग पैदा हुन्छ जसले मानिसमा काम्ने, मुर्छा पर्ने, बेहोस हुने, हातखुट्टा झड्काउने जस्ता लक्षण देखिन्छ ।

कारण :

  • टाउकोमा जुकाले फुल पार्नु । (हामीले खाएको हरियो सागपात वा फोहोर कुरा खाँदा खानासँगै जुकाको फुल शरीरमा प्रवेश गर्छ र टाउको गएर बस्छ । जसका कारण मस्तिष्कको नशाले गर्ने काममा बाधा उत्पन्न गर्छ । सोही कारण छारे रोग हुन्छ । 
  • सानो उमेरमै मस्तिष्कमा चोटपटक लाग्नु ।
  • मस्तिष्कमा ट्युमर पलाउनु ।
  • अनिन्द्रा, तनाब हुनु ।

लक्षण :
छारे रोग धेरै प्रकारका छन । कुन प्रकारको छारे रोग लागेको हो सोही अनुसारको फरक फकर लक्षण हुन्छन् । 
एक्कासी लड्ने ।

  • काम्ने ।
  • मुर्छा पर्ने ।
  • हातखुट्टा झड्काउने ।
  • मुखबाट फिज काट्ने ।
  • टाउको धेरै हल्लाउने । 

बिरामीका आफन्तले यस्ता कुरामा ध्यान दिने :
छारे रोग कुनै गम्भीर प्रकृतिको रोग नभए पनि असावधानी वा लापर्वाही गर्यो भने यसले गम्भीर परिणाम ल्याउन सक्छ । छारे रोगले च्यापेको बेला मात्रै बिरामी असामान्य हुन्छ अन्य बेला उ सामान्य हुन्छ । तर बिरामीलाई कतिबेला रोगले च्याप्छ थाहा हुँदैन । यसकारण बिरामीका आफन्त हरबखत सचेत रहनु पर्छ । यस्ता व्यक्तिलाई सवारी साधान चलाउन दिनुहुदैन । आगो, खोलानाला, एकान्त स्थान, घरको छतमा बिरामीलाई पठाउनु हुँदैन । छारे रोगले छोपेको बेला जबरजस्ती मुख खोल्ने, फोहोर मोजा सुँघाउने, पानी खुवाउने लगायतका काम गर्नु हुँदैन । छारे रोग पटक पटक देखिए चिकित्सकसँग सल्लाह गर्नुपर्छ । 

यसकारण शल्यक्रिया आवश्यक :
छारे रोगको सही उपचार भयो भने पूर्ण निको हुन्छ । नाम्ले जुकाले कुन ठाउँमा फुल पारेको छ वा छारे रोग मस्तिष्कको कुन ठाउँबाट उत्पन्न भएको छ एकीन भएपछि शल्यक्रिया गर्न सकिन्छ । सो पत्ता लगाउन एमआरआई, इयजी गर्नुपर्ने हुन्छ । 
परीक्षणपछि चिकित्सकले शल्यक्रिया गर्ने अवस्था हो या औषधिले नै निको हुने पहिचान गर्छन । जनमानसमा टाउको शल्यक्रिया भनेपछि  घातक मानिन्छ । तर, छारे रोगको शल्यक्रिया त्यति जटिल हँुदैन् । तर नगन्य मात्रामा शल्यक्रिया गरेका बिरामीमा प्यारालाइसिस् हुने, मस्तिष्कले काम नगर्ने अवस्था आउन पनि सक्छ । यस बारेमा बिरामी र आफ्न्तलाई राम्रोसँग बुझाएपछि मात्र शल्यक्रिया गरिन्छ ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-15 17:14:11

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

1 Comments

  1. महेश बलाल on Tue, May 01 2018 06:55 PM

    सम्पर्क नम्बर वा ठेगाना पनि दिनु होला


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts