धेरै बेरसम्म चुइंगम चपाउनु हुन्छ ? क्यान्सर होला 



Download our app to get more features

एजेन्सी । धेरै बेरसम्म चुइंगम चपाउने वा पाउरोटी धेरै टुक्रा बनाएर खानुहुन्छ । त्यसो हो भने सावधान १ यस्तो व्यवहारले ज्यानै समेत जान सक्छ । 

केही समय अघि मेडिकल क्षेत्रमा भएको एक अनुसन्धानले चुइंगम तथा पाउरोटीमा ठूलो आन्द्राको क्यान्सर गराउने तत्व हुने पत्ता लगाएको छ । बकिङ्घम विश्वविद्यालयका मेडिकल विज्ञहरूले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएका हुन् । 

अध्ययनका अनुसार पाउरोटी तथा चुइंगमा टाइटेनियम डाइअक्साइड नामक तत्व हुन्छ । जसले इन्टेस्टाइनको कोष बनावट अर्थात जोडिएको रक्तकोषलाई टुक्राइ दिन्छ । 

जोडिएको कोष टुक्रिएपछि पाचनयन्त्र कमजोर हुने र यसैका कारण ठूलो आन्द्राको क्यान्सर हुने खतरा बढ्ने अनुसन्धानमा उल्लेख छ । त्यस्तै टाइटेनियम डाइअक्साइडले टुक्राएको कोष शरीरको दोश्रो भागमा पुग्ने समस्या समेत देखा पर्ने अध्ययनकर्ताहरूले जनाएका छन् । 

अध्ययनकर्ता मध्ये एक ग्रेचन माहलरका अनुसार चुइंगम तथा पाउरोटीमा पाइने टाइटेनियम डाइअक्साइडले मानिसलाई बिस्तारै लत लगाउँछ, जसबाट उनीहरू बारम्बार चुइगंम चपाउने गर्छन् ।


 

Last modified on 2018-02-15 14:57:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts