स्वास्थ्य मन्त्रालयलाई ईन्जिनियरको अभाव
३५ जना आवश्यक परेकोमा ९ जना मात्रै
काठमाडौं, १७ माघ । भूकम्पमा क्षति भएका स्वास्थ्य सस्थाको पुनःनिर्माणको कार्य अगाडी बढाउन स्वास्थ्य मन्त्रालयलाई ईन्जिनियरको अभाव परेको छ ।
आवश्यक अनुसार ईन्जिनियर नभएका कारण भूकम्प पछिको स्वास्थ्य सस्थाको पुनःनिर्माणको कार्य अन्यौलमा परेको छ । स्वास्थय मन्त्रालयका अनुसार भवन निमार्णका लागि जिल्लामा जाने आवश्यक ईन्जिनियरको संख्या नहुदा पुनःनिर्माण प्राधिकरणले दिएको समय सिमा मिट गर्न समस्या परेको छ ।
२०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी ३१ जिल्लाका ५ सय ४४ स्वास्थ्य सस्थामा क्षति पूगेको थियो । स्वास्थ्य मन्त्रालय मातहल ईन्जिनियर नभएपछि विगत डेढ वर्ष देखि क्षति भएका स्वास्थ्य सस्थाको पूननिमार्ण कसले गर्ने भन्नेमा बिवाद थियो । सो विवादका कारण हाल सम्म पनि धेरै स्वास्थ्य सस्था पालको भरमा सेवा प्रवाह गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ ।
स्वास्थ्य मन्त्रालयले भवन विभागलाई जिम्मा दिने भनेपनि समयमा बनाउन नसक्ने भएपछि आफैले स्थायी भवन निमार्ण गर्न योजनामा लागेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत आयोजना स्वमन्वय इकाई प्रमुख रमेश प्रसाद अधिकारीका अनुसार ९३ वटा स्वास्थ्य सस्थाको पूननिमार्ण दुई वर्ष भित्रमा गरिसक्नु पर्ने छ ।
प्राधिकरणले दुई वर्ष भित्रमा ९३ वटा स्वास्थ्य सस्थाको निमार्ण सम्पन्न गर्न भनेको छ । मन्त्रालय समक्ष आवश्यक जनशक्ति नहुदा समय भित्र सम्पन्न गर्न कठिन छ । एउटा भवन निमार्ण गर्न मात्रै १८ महिना लाग्ने अधिकारीले बताए ।
३५ जना ईन्जिनियर आवश्यक ९ जना छन्
अधिकारीले मन्त्रालयलाई तत्काल ३५ जना ईन्जिनियर आवश्यक परेको बताए । ३१ जिल्ला मध्ये २६ जिल्लाका ९३ स्वास्थ्य सस्थाको पूननिमार्ण पहिलो चरणमा हुने छ उनले भने, यसका लागि फिल्डमा खटाउन मन्त्रालयलाई ३५ जना ईन्जिनियर आवश्यक पर्छ । तर, हाल ९ जना मात्रै ईन्जिनियर रहेका छन् ।’ अत्यन्तै सिमित स्रोत र साधनका बिच दुई वर्ष भित्र ९३ भवन निमार्ण गर्नु ठुलो चुनौतिको विषय हो अधिकारीले थपे ।
अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा आवश्यक कर्मचारीको माग गर्दा बजेट नभएको भन्दै ९ जनाको मात्रै स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयलाई भवन निमार्णमा ईन्जिनियरको चरम अभाव खड्कीएको हो । अधिकारीले ९३ वटा स्वास्थ्य सस्थाको पूननिमार्णका लागि ३० करोड रुपैयाँ विनियोजन भएको पनि बताए ।
(आजको नयाँ पत्रिका दैनिकबाट)