अवैधरुपमा कार्यरत एक दर्जनभन्दा बढी विदेशी डाक्टर पक्राउ
            काठमाडौं,१५ माघ । नेपालमा अवैधरुपमा कार्यरत एक दर्जनभन्दा बढी विदेशी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैधरुपमा विदेशी चिकित्सकहरु कार्यरत स्वास्थ्यसंस्थामा छापामारी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो,सीआइबीले सोमवार पक्राउ गरेको छ ।
अवैधरुपमा कार्यरत ती विदेशी चिकित्सकहरुको बारेमा जनगुनासो र उनीहरुका विरुद्ध उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले प्रहरीलाई कारवाहीका लागि पत्राचार गरेको थियो ।
उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विदेशी चिकित्सकहरुका बारेमा सर्वसाधारणले गुनासो गरेको र उनीहरुका विरुद्ध उजुरी गरेको आधारमा प्रहरीलाई कारवाहीका लागि पत्राचार गरेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटाले जानकारी दिए ।
अध्यक्ष डा बास्कोटाले भने 'विभिन्न स्वास्थ्यसंस्थामा अवैधरुपमा कार्यरत विदेशी चिकित्सकहरुबाट ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि ती चिकित्सकका विरुद्धमा कारवाही थालिएको हो ।'
एक दर्जनभन्दा बढी विदेशी चिकित्सकलाई पक्राउ गरी सीआइबीको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
                                    
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।