मिठो मानेर पेय पदार्थ पिउँदै हुनुहुन्छ भने सावधान !



Download our app to get more features


जाडो होस् या गर्मी बजारमा पाइने पेय पदार्थ अधिकाँस मानिसले पिउने गर्छन् । अझ गर्मीमा पेय पदार्थका खपत अरु बढी हुने गरेको पाइन्छ । तर, त्यही हामीले दैनिकजसो पिउने पेय पदार्थ कोक र पेप्सीमा हाम्रो स्वास्थ्यलाई गम्भीर  हानी पुर्याउने रसायन हुन्छन् । ती रसायनहरुले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पुर्याइरहेको बारे हामीमध्ये धेरै अनभिज्ञ हुन पनि सक्छौं ।  

बजारमा पाइने पेय पदार्थ अर्थात सफ्ट ड्रिंक्सहरु कोकाकोला, पेप्सी, माउन्टेन ड्यु, स्प्राइटमा धेरै मात्रामा मेटल, सीसा, क्रोमियम जस्ता रसायन भेटिएको तथ्य खुलासा भएको छ ।  

कोलकता नेशनल हाउसको परीक्षण रिर्पोट अनुसार ड्रग टेक्निकल एडवाइजरी बोर्ड (डीटीएबी)ले पाँचवटा पेय पदार्थको नमुना संकलन गरी परीक्षणको लागि कोलकताको नेशनल हाउस पठाइएको थियो । 

परीक्षण रिर्पोटका अनुसार नै पाँचवटा पेय पदार्थमा धेरै मात्रामा मेटल, सीसा, क्रोमियम जस्ता रसायन भेटिएको थियो । त्यस्तै कोलकता कै अल इण्डियन इन्स्टिच्युट अफ हाइजीन एण्ड पब्लिक हेल्थ (एआईआईएचएंड पीएच)लाई बजारमा पाइने सबै पेय पदार्थको परिक्षण गर्नसमेत आदेश दिएको बताइएको छ । 

नेपाली  बजारमा पाइने पेय पदार्थको परिक्षण अझैसम्म गरिएको छैन् । नेपालमा पनि यि पेय पदार्थ पाइने भएकोले परिक्षण जरुरी देखिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हाम्रो शरीरमा धेरै मात्रामा मेटल, सीसा, क्रोमियम जस्ता रसायन छिरेमा  मधुमेह, उच्च रक्तचाप, आँखाको रेटिना खराब हुने र  विशेषगरी ग्लुकोमा रोगको जोखिम हुने गर्दछ । त्यस्तै मस्तिष्कमा नकरात्मक असर पुर्याइ भुल्ने समस्या देखिने र बिस्तारै अल्छिपन  बढ्दै जाने समस्या देखिन सक्ने चिकित्सकहरुले बताएका छन् ।  

संगठनका अनुसार हात खुट्टा झमझमाउने र विस्तारै जोर्नीहरु दुख्ने दीर्घकालिन रोगहरु निम्तिने खतरा हुन्छ । त्यस्तै क्यान्डीडाको संक्रमणसमेत हुने उललेख गरेको छ । 

बजारमा पाइने पेप्सी, माउण्टेन ड्यु, मिरिण्डा तथा स्लाइस लगायतका पेय पदार्थहरुहरु पेप्सीका ब्राण्ड हुन् भने कोकाकोला अन्र्तगत कोक, फ्याण्टा, स्प्राइट लगायतका ब्राण्ड छन् ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-01-29 09:23:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts