टेप टासेर निको हुँदैन हाडे 



Download our app to get more features

मम्प्स भाइरसका कारणले थुक निकाल्ने ग्रन्थीमा संक्रमण र सुन्निने रोग मम्प्स हो ।

यसलाई बोलिचालीमा गल्फुलो वा हाडे पनि भन्निछ । यो रोग लागेको बेला घाँटीमा कागजको टेप टाँस्ने पनि गरिन्छ । तर, त्यसले रोग सन्चो हुने वा फाइदा पुग्छ भनेर वैज्ञानिकले अझैसम्म पुष्टि गरेका छै

कारण 
मम्प्स भाइरस नै यो रोगको प्रमुख कारक हो । यो भाइरस खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा श्वासप्रश्वासको माध्यमबाट संक्रमित मानिसबाट स्वस्थ मानिसमा फैलन्छ

 लक्षण
—    ज्वरो आउने
—    टाउको दुख्ने 
—    मांशपेसी दुख्ने
—    थकाई लाग्ने
—    खान मन नलाग्ने
—    कानमुनिको थुक निकाल्ने प्यारोटिड ग्रन्थी दुख्ने र सुन्निने 
—    पुरुषहरुमा अन्डकोष सुन्निने 
—    महिलामा स्तन र अण्डाशयको संक्रमण 
—    कान नसुनिने 

जाँच
—    भाइरस कल्चर
—    रगत जाँच

उपचार
यो रोगको लागि कुनै बेग्लै उपचार विधी छैन । लक्षणहरुबाट हुने असर कम गर्न निम्न विधी अपनाउन सकिन्छस्
—    आराम गर्ने
—    प्रशस्त झोल पदार्थ पिउने 
—    दुखाई सहन नसकिए औसधि खाने 
—    मनतातो पानीले सेक्ने वा मुख कुल्ला गर्ने 
—    धेरै चपाउन पर्ने खानेकुरा नखाने
—    समस्या ठीक नभए वा बल्झिदै गए स्वास्थ्य संस्था जाने 

बच्ने तरिका
—    मम्प्स विरुद्धको खोप लगाउने
—    सरसफाईमा विशेष ध्यान दिने 
—    संक्रमितसँग नजिक भएमा साबुन पानीले राम्रोसँग हात धुने 
 

Last modified on 2018-01-24 08:38:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts